नेभिगेशन
अन्य

संविधानको अन्तिम मस्यौदा आज लेखिसक्ने

काठमाडौं । संविधानको मस्यौदामाथि संविधानसभाको छलफल बहिष्कार गरेका राप्रपा नेपाल र मधेस केन्द्रित दल मस्यौदा समितिको विधेयक निर्माण कार्यदलमा सहभागी भएका छन्। मधेस केन्द्रित दलका तर्फबाट कार्यदलमा आमन्त्रित नरसिंह चौधरी र राप्रपा नेपालका सुशील श्रेष्ठ शुक्रबार बैठकमा सहभागी भए। एमाओवादी सभासद् प्रभु साहले भने विगतका सहमति र संविधानसभाको निर्देशनविपरीत मस्यौदा आएको भन्दै मस्यौदा समितिबाट शुक्रबार राजीनामा दिएका छन्। ‘विगतका सहमति, संविधानसभाको निर्देशन एवं संविधानसभाको नियमावलीमा स्पष्ट व्यवस्था विपरित मस्यौदा समितिले आफूखुसी गलत एवं नयाँ एजेन्डाहरू राखेर मस्यौदा लेखिरहेको छ,’ साहले राजीनामामा भनेका छन्, ‘त्यसैले अवैधानिक, गलत एवं जनविरोधी कार्यको लाचार छाया र निरीह साक्षी बन्न मेरो नैतिकताले नदिएको हुँदा आजैका मितिबाट मस्यौदा समितिबाट राजीनामा दिन्छु।’ मस्यौदा समितिअन्तर्गतको कार्यदलले तोकिएको समयभित्र शनिबार संविधानको विधेयक तयार पार्ने जनाएको छ। समिति सभापति कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलका एक सदस्यका अनुसार शुक्रबारसम्म धारा ८५ सम्मको काम सकिएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्