नेभिगेशन
अन्य

अधिकांश विश्वविद्यालयको अवस्था लथालिंग

काठमाडौं । नेपालमा नौवटा विश्वविद्यालय सञ्चालनमा छन् । तीमध्ये अधिकांश विश्वविद्यालयको अवस्था लथालिंग छ । सातवटा विश्वविद्यालय त अहिले उपकुलपतिविहीन छन् । सञ्चालनमा रहेकाको अनुगमन गरी व्यवस्थित नगरिएको अवस्थामा अरू विश्वविद्यालय पनि थपिने प्रक्रियामा छन् । सात विश्वविद्यालयमा २३ साउनदेखि रिक्त उपकुलपति पदमा सिफारिसका लागि प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति सुशील कोइरालाले शिक्षामन्त्रीको संयोजकत्वमा सातवटा कमिटी बनाएका छन् । कोइरालाले बुधबारभित्र नाम सिफारिस गर्न निर्देशन दिएको छ । तर, मन्त्रीको संयोजकत्वमा विश्वविद्यालयका सभासद्सहितका कमिटीले बुधबारसम्म नाम सिफारिस गर्न सकेनन् । शिक्षामन्त्री चित्रलेखा यादवले उपकुलपतिहरू सिफारिसको प्रयास भइरहेको बताइन् । यादवले भनिन्, ‘सिफारिसमा प्राविधिक कुरा पनि जोडिएका छन् । छलफल गरेर हामी छिटो सिफारिस गर्छौँ ।’ हाल त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत, पूर्वाञ्चल, पोखरा, कृषि तथा वन विज्ञान, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय उपकुलपतिविहीन छन् । यी विश्वविद्यालयमा २३ साउन ०६८ मा तत्कालीन प्रधानमन्त्री तथा कुलपति झलनाथ खनालले उपकुलपति नियुक्त गरेका थिए । नयाँ पत्रिकार दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्