नेभिगेशन
अन्य

नेपालमा शिशु जन्माएर इजरायल

काठमाडौं । शक्तिशाली भूकम्पले नेपालमा ताण्डब मच्चाएको ठिक ३ दिनपछि वैशाख १५ गते मंगलबार दिउँसो एउटा इजरेली बोइङ ४७४ हवाइजहाव तेलअभिभस्थित बेन गुरियन विमानस्थलमा ओर्लियो । जहाजमा २ सय २९ यात्रुमध्ये १५ जना सरोगेट शिु थिए । नेपालमा जन्मेका ती सबै शिशुको उमेर ६ साताभन्दा कम थियो । २५ शिशुमध्ये केही इजरायली आमाबाबुसँग थिए भने अरुलाई जहाजका इजरेली यात्रुले स्यार्हादै ल्याएका थिए । तर ती शिशुका सरोगेट आमा भने इजरेली जहाजमा थिएनन् । किनभने उनीहरुलाई शिशुसँगै जहाजमा जान अनुमति थिएन । नेपालमा त्यरी इजरेली लगेका शिशुको संख्या २६ पुगेको छ । इजरेलमा विपरीत लिंगी दम्पतीले मात्र सजिलै सरोगेट आमा भाडामा लिन पाउने कानुनी व्यवस्था छ। गे (समलिंगी पुरुष दम्पती) र एकल अभिभावकले सरोगेट शिशुका लागि विदेशकै मुख ताक्नुपर्छ। सरोगेसीको खर्च थोरै लागे पनि स्तरीय चिकित्सा खर्च सामान्यतया बढी लाग्ने भारत नै धेरै वर्षसम्म यस्ता इजरेलीको पहिलो प्राथमिकतामा थियो।नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्