नेभिगेशन
अन्य

संविधानको मस्यौदा लेखनको जिम्मा कार्यदललार्इ

काठमाडौं । संविधानसभाको संविधान मस्यौदा समितिले दुई दिनभित्रै संविधान विधेयक तयार गर्ने गृहकार्य थालेको छ । पाँचदिने कार्यादेश पाएको समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले संविधानको प्रारम्भिक मस्यौदा परिमार्जनका लागि संविधानसभाबाट प्राप्त सुझाव र निर्देशनअनुरूप संविधान विधेयक निर्माणका लागि समितिकै सभापति कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदललाई जिम्मेवारी दिएको छ । एमाले नेता भरतमोहन अधिकारी, कांग्रेसका रमेश लेखक, एमाओवादीका हितराज पाण्डे, फोरम लोकतान्त्रिकका जितेन्द्र देव र नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङ सदस्य रहेको कार्यदलमा अन्य दलका समेत गरी १६ जना आमन्त्रित सदस्य छन् । कार्यदलले दुई दिनभित्रै संविधान विधेयकको खाका समितिको पूर्ण बैठकमा ल्याउने कार्यदलका संयोजकसमेत रहेका सिटौलाले बताए । धर्मनिरपेक्षता, संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्ति, राजनीतिक दलको थ्रेस होल्डलगायत विषयलाई भने यसबीचमा संवैधानिक राजनीतिक संवाद तथा सहमतिअन्तर्गतको विशेष समितिको सहयोगमा टुंगो लगाउने जानकारी उनले दिए । संविधानको प्रारम्भिक मस्यौदामाथि देशभरबाट प्राप्त सुझाव ग्रहण गर्न संवाद समितिले जुटाएको सहमतिलाई मस्यौदामा एकीकरण गर्ने मुख्य जिम्मेवारीअनुरूप समितिले काम थालेको हो ।कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्