नेभिगेशन
अन्य

पुँजी बजार नयाँ उचाइमा, नेप्से ८ अंकले बृद्धि

काठमाडौं । पुँजी बजारले फेरि नयाँ रेकर्ड कायम गरेको छ । यो रेकर्ड हालसम्मकै उच्च नभएपनि २०६५ साल भदौ पछिको धेरै हो । गत वर्षको साउन पाँच बनेको १०८३ को ‘रेकर्ड ब्रेक’ गर्दै विहीबार बजार १०८८ अंकमा पुगेको हो । यही महिना चार पटकको प्रयासमा नेप्सेमा नयाँ रेकर्ड बनेको हो । मौद्रिक नीति सार्वजनिक भएपछि तीन पटक नेप्से परिसुचक १०८३ अंक पार गरेर माथि उक्लेर झरेको थियो । नेप्से विहीबार ११.२३ अंकले बढेपछि नयाँ रेकर्ड बनाउन सफल भएको हो । मौद्रिक नीति सार्वजनिक भएपछि बजार माथि चढ्न थालेको हो । बैंक तथा वित्तीय सस्थाले दुई वर्ष भित्र निकै ठूलो पुँजी बृद्धि गर्नुपर्ने भएपछि सेयर बजार उकालो लाग्न थालेको हो । बोनस सेयर र सस्थाहरु मर्ज हुने लगभग पक्का जस्तै भएपछि पुँजी बजार उकालो लागेको हो । बीमा समितिले पनि बीमा कम्पनीहरुको पुँजी बढाउने गृहकार्य गरेको छ । बीमा कम्पनीहरुको पुँजी बढ्ने बलियो संभावना भएको कारण पुँजी बजारमा असर देखिएको हो । विहीबार बनेको नयाँ रेकर्ड कति लामो समय टिक्छ भन्ने निश्चित छैन । तर बजारमा लगानी कर्ताले सेयरको माग बढाएका छन् । यसले बजार थप माथि उक्लन सक्ने अनुमान बजार विश्लेषकहरुको छ । ठूला बाणिज्य बैंक र इन्स्योरेन्स कम्पनीको सेयर मुल्य तीन सातामै निकै माथि पुगेको छ । एभरेष्ट बैंक, नविल, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसविआई, हिमालयन, सानिमा, माछापुच्छ«े, प्राइम कमर्सियल जस्ता बैंकहरुको सेयर मुल्य तीन सातामा निकै उकालो लाग्यो । यसलाई सघाउँदै बीमा कम्पनीहरुको सेयर मुल्य पनि उकालो लाग्यो । यी दुई समूहको प्रमुख योगदानमा नेप्सेले नयाँ उचाइ कायम गरेको हो । विकास बैंक, फाइनान्स, होटल र जलविद्युत समूहमा पनि सामान्य बृद्धि देखिएको छ । लगानीकर्ताले गत वर्ष नै २०६५ सालको रेकर्ड तोडिने अपेक्षा गरेका थिए । यस वर्षपनि बजारका केही लगानीकर्ता नयाँ रेकर्ड बन्ने अनुमान गरिरहेका छन् । कारोबार रकममा पनि उल्लेख्य बृद्धि भएको छ । पछिल्लो सातामा औसत ५० करोड रुपैयाँको सेयर कारोबार भइरहेको छ । विहीबार भने ६९ करोढ ६१ लाख रुपैयाँको सेयर किनबेच भयो । यो दिन नेपाल इन्भेष्टमेन्ट बैंकको ६ करोड ५८ लाख रुपैयाँको सस्थापक सेयर किनबेच भयो । एनआइसी एशिया, एभरेष्ट बैंक, माछापुच्छ«े बैंक, नेपाल बंगलादेश बैंकको सेयर कारोबारले तीन करोड रुपैयाँ नाघ्यो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्