नेभिगेशन
कला/शैली

साडिमा नव नायिका सृजना

काठमाडौं । नेपाली मोडलिङ तथा फिल्म क्षेत्रमा दैनिक नयाँ अनुहारहरु देखिने गर्छन् । फिल्म खेल्ने र यही क्षेत्रमा स्थापित हुने रहर बोकेर आउनेहरु पनि धेरै नै छन् । यसैक्रममा यस्तै सपना बोकेर जन्म थलो झापाबाट काठमाडौं आएर बिगत चार बर्ष देखि निरन्तर संघर्ष गरिरहेकी छिन् सुजना ढकाल । १९ बर्षिया नव नायिका ढकालको चर्चित नायिका बन्ने सपना छ । sujina56र, उनी त्यसैका लागी संघर्षरत छिन् । उनले आकांक्षा बस्यालको स्वरमा रहेको ‘तिमिले त जे गरे पनि’ बोलको म्युजिक भिडियोबाट आफ्नो अभिनय यात्रा शुरु गरिसकेकी छिन् । त्यस यता उनले ३६ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । सुजनाले ३ वटा चलचित्रमा पनि अभिनय गरिसकेकी छिन् । तर, अभिनय गरेका कुनै पनि फिल्महरु प्रदर्शनमा नआउँदा दर्शकहरुले उनको फिल्मी अभिनय हेर्न पाएका छैनन् । sujina57अहिले रिमेश अधिकारीको निर्माण तथा शिबम् अधिकारीको निर्देशन हरने ऐतिहासिक चलचित्र ‘नालापानि’ को लागी मुख्य नायिकाको रुपमा अनुबन्धीत भैसकेकी छिन् । ग्लामर फिल्डलाई आफ्नो प्रमुख लक्ष्य लिएर अघि बढेकी ढकाल ग्लामरकाबारेमा यसो भन्छिन् –‘त्यो त आफुमा भर पर्ने कुरा हो ग्ल्यामर फिल्ड हो अलिकति त खुल्नै पर्छ तर कुन हद सम्म भन्ने कुरा हो । अँग प्रर्दशन नै गर्नुपर्छ भन्ने छैन ।’ बिहेको कुरा गर्दा उनले अहिलेसम्म नसोचेको बताइन् । सेक्सकाबारेमा भने उनी त्यती खुलिनन् यति भनिन्–‘सेक्स भनेको मन मिलेर हुने कुरा हो ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्