नेभिगेशन
अन्य

सिमाङकनका विषयमा छलफल गर्न तयार रहेको प्रधानमन्त्रीको भनाई

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले मुख्य दलहरुका बीचमा भएको सिमाङकनका विषयमा छलफल गर्न तयार रहेको बताएका छन् । बिहीबार व्यवस्थापिका संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले ६ प्रदेश र सीमाकंनको विषयमा भइरहेको विवाद प्रति लक्षित गर्दै कोइरालाले मुलुकको विकास निर्माणलाई बाधा पुर्याउने काम नगर्न तथा चित्त नबुझकेका कुरामा छलफल गर्न आग्रह गरेका हुन् । सबै समस्यको समाधान वार्ताको माध्यमबाट गर्न सकिने भन्दै प्रधानमन्त्री कोइरालाले विगतमा पनि वार्ता, एकता र मेलमिलापमार्फत समस्याको समाधान गरेको स्मरण गर्दै मेरो कुरा सही अरुको गलत भन्ने मानसिकताबाट मुक्त हुन आग्रह गरे । प्रधानमन्त्री कोइरालाले आन्दोलनको बाटो परित्याग गरेर वार्ताद्वारा समस्याको समाधान गर्न आन्दोलनरत पक्षलाई आग्रह गरे । लामो कसरतपछि मुलुक संविधान निर्माणको बाटोमा आगाडि बढेको भन्दै संविधान निर्माणमा सहयोग गर्न सबैलाई आग्रह गरे । ‘हामी सबैले संघीयताका विषयमा केही त्रुटीहरु भए सच्याएर जाने प्रतिबद्धता जनाएका छौं,’ प्रधानमन्त्रीले भने, ‘अब पुन आन्दोलन तिर गयौं भने अहिलेसम्म प्राप्त उपलब्धी पनि गुम्न सक्छ । र त्यसपछि मुलुकको अस्थित्व के हुन्छ कसेले भन्न सक्दैन ।’ प्रधानमन्त्री कोइरालाले आन्दोलनमा जाने कुरा नगर्न आग्रह गर्दै राष्ट्र निर्माणमा गंभीर भएर लाग्नसमेत आग्रह गरे । प्रधानमन्त्रीले नवलपरासी, कर्णाली,रुकुम, थरुहटका माग समाधान गरेर जाने प्रतिबद्धता जनाउँदै यो विषय आपसी छलफलद्वारा समाधान गर्न आग्रह गरे । ‘सबै कुरा गर्न गाह्रो छ,’ प्रधानमन्त्रीले भने, ‘त्यसैले सबै एकजुट भएर संविधान निर्माणमा लागौं ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्