नेभिगेशन
अन्य

आजदेखि संविधानको विधेयक लेखन

काठमाडौं । संविधानसभाको मस्यौदा समितिले बिहीबारदेखि संविधानको अन्तिम मस्यौदा संविधान विधेयक तयार पार्ने काम सुरु गर्ने भएको छ । सबै काम योजनाअनुसार अघि बढे साउन मसान्तभित्रै जनताका सुझावका आधारमा मस्यौदा परिमार्जन भई संविधानको विधेयक तयार हुनेछ । संविधानसभाले संवैधानिक राजनीतिक संवाद समितिको प्रतिवेदनका आधारमा संविधानको प्रारम्भिक मस्यौदा परिमार्जन गरी बढीमा ५ दिनभित्र संविधान विधेयक तयार गर्न संविधान मस्यौदा समितिलाई निर्देशन दिएको छ । मस्यौदा समितिले संवाद समितिको प्रतिवेदनअनुरुप मस्यौदालाई एकरुपता प्रदान गर्ने र उठेका अन्य विषयलाई थपघट गर्ने अधिकार पाएको छ । संविधानसभा अध्यक्ष सुवासचन्द्र चेम्बाङले जनताका सुझाव समेटेर संविधानको मस्यौदा परिमार्जनको आधार तयार भएको उल्लेख गर्दै टुंगो लाग्न बाँकी कतिपय विषय संवाद समिति र उसले बनाएको विशेष समितिमार्फत अघि बढाइने जनाए । संविधानको प्रारम्भिक मस्यौदामा जनताबाट प्राप्त सुझाव ग्रहण गरिएको प्रतिवेदनमाथि संविधानसभामा भएको दुई दिन लामो छलफल समापन गर्दै नेम्बाङले संविधान जारी गर्ने बेलासम्म संवाद र सहमतिको प्रयास जारी राख्ने घोषणा गरे । सीमांकनसहितको ६ प्रदेश निर्माण गर्दा नै संवाद समितिले त्यसमा प्राप्त सुझाव, धर्मनिरपेक्षता, थ्रेसहोल्डलगायत विषय टुंग्याउन विशेष समिति सक्रिय राख्ने प्रस्ताव गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्