नेभिगेशन
अन्य

दलित अगुवासंग शीर्ष नेताहरुसंग अन्तरक्रिया गर्दै

काठमाडौं । चरणबद्ध आन्दोलनको घोषणा गर्दै आएका दलित समुदायका अगुवाहरुले आज शीर्ष नेताहरुसंग विशेष अन्र्तक्रिया गर्ने भएका छन् । चरणबद्ध आन्दोलनमा रहेको संयुक्त दलित आन्दोलन नेपालले प्रमुखदलका शीर्ष तहका नेताहरुसंग दलित समुदायका सवाललाई नयाँ संविधानमा सुनिश्चित गर्ने विषयमा छलफल गर्ने समितीका सदस्य रणबहादुर रम्तेलले जानकारी दिए । पहिलो संविधानसभाको पुर्ण बैठकले सर्बसहमतिबाट पारित गरेको र दोस्रो संविधानसभाले सर्बसम्मतिले स्वामित्व ग्रहण गरेका दलित समुदायका हक अधिकारहरुलाई जस्ता को जस्तै नयाँ संविधानमा समावेश गर्न दवाव स्वरुप ९ बुदे माग राख्दै गत २२ गतेबाट चरणबद्ध आन्दोलन गर्दै आएको छ । संर्घष समितिले बिहान ११ बजे बानेश्वरमा रहेको अनमोल क्याट्रिङमा शीर्ष नेताहरुसंग छलफल गर्ने समिति सदस्य दुर्गा शोपले जानकारी दिए । नयाँ संविधानको मस्यौदामा दलित समुदायका सवाललाई समावेश नगरेको विरोधमा दलित समुदायका सभासद् तथा अधिकारकर्मिहरुको सहभागितामा संघर्ष समिति नै गठन गरि चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्