नेभिगेशन
अन्य

कांग्रेसको महाधिवेशन मिति अनिश्चित

काठमाडौं । संविधान निमार्णको प्रक्रिया लम्बिदै जाँदा कांग्रेसको १३ औं महाधिवेशनको मिति अनिश्चत बनेको छ । कापार्टी नेतृत्व संविधान निर्माणमा केन्द्रित हुनुपरेकाले महाधिवेशनको तयारी अघि बढ्न सकेको छैन् । महाधिवेशन तयारीका लागि बुधबार पार्टी पदाधिकारी बैठक बालुवाटारमा बसेको थियो । स्रोतका अनुसार संविधान जारी गर्ने समय लम्बिने अवस्थामा तोकिएको मितिमा महाधिवेशन गर्न अप्ठेरो पर्ने निष्कर्ष पदाधिकारीले निकालेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्