नेभिगेशन
अन्य

ओलीले कार्यकर्तालाई भने– ‘६ प्रदेश बिरुद्ध आगो बल्दा एमालेले दमकल भएर निभाउँछ'

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरिय विशेष समितिले सहमतिका आधारमा तयार पारेको ६ प्रदेशको प्रस्ताव मोटामोटी रूपमा सहि भएको बताएका छन्। प्रदेश निर्माणमा तराई मधेस र पश्चिमका थारू सभासदहरुको विचार बुझ्न पार्टीले संविधानसभा भवनमा राखेको भेलामा सम्बोधन गर्दै ओलीले यस्तो धारणा राखेका हुन्। संविधान भनेको एमालेको मात्रै नभएर सहमति र सझौताको दस्तावेज हो भन्दै त्यो अहिलेको अवस्थामा सहि भएको दाबी गरे। प्रमुख राजनीतिक दलबीच भएको सहमतिका आधारमा आएको साझा सहमतिको प्रस्तावको बचाउ गर्दै ओलीले भने, ‘खेत रोप्नु परेको छ कसैले पानी पारिदेउ भन्छन्, खेत रोप्नेका लागि त्यो माग जायजै हो। बिस्कुन सुकाउनेले घाम लगाइदेऊ भन्छन् त्यो माग पनि जायजै हो तर त्यसलाई कसरी मिलाउने भन्ने अहिलेको चुनौती हो।’ प्रदेश निर्माणमा विरोध गर्दै आन्दोलन चर्काउने धम्की आइरहेको अवस्थामा उनीहरुप्रति लक्षित गर्दै ओलीले भने, ‘यदि कुनै पक्षले आगो बाल्छु भन्छ भने एमाले कार्यकर्ताले शान्तिपूर्ण दमकलको भूमिका खेली त्यो आगो निभाउछन् र कसैले चर्काउछु भन्छ भने एमालेले लेप लगाउन तयार छन्।’ ‘सम्झौताको दस्तावेज पनि हो। यो तुलनात्मक र सापेक्षित रुपमा सही हुने कुरा हुन्छ। सापेक्ष र निरपेक्ष रुपमा तुलनात्मक रुपमा पूर्ण सर्वसम्पन्न हुँदैन। संविधान त बनाउनै पर्‍यो। कसले बनाउने भन्दा यो संविधानसभाले बनाउने हो। संविधानसभामा तीस वटा पार्टी विभिन्न आकारमा विभिन्न उद्देश्य, विचारमा ५९८ सभासद् छौ। ५९८ ले नै बनाउनुपर्ने भएकाले सहमति र सम्झौता गर्नुर्‍यो, त्यसकारण हाम्रो पाटीको भूमिका देशको, जनताको एकताको विकास र उन्नतीको पक्षमा नै अग्रणाी भूमिका छ, ओलीले भने। ‘हामीहरुसँग अनुभवी साथीहरुको पङ्क्ति छ। प्रधानमन्त्री चलाइसक्नु भएका दुई जना, अर्थमन्त्री चलाइसकेका व्यक्तित्वहरु हुनुहुन्छ। जनशक्ति, दृष्टिकोण र सिद्धान्त र अडानप्रति नेकपा एमाले दृढ छ। आवेश, उत्तैजना होइन , देशलाई औचित्यपूर्ण, तर्कपूर्ण, जनताको आवश्यकता, विकासको आवश्यकता, न्याय र समानता के हो त्यो आधारमा संविधानमा के के परिमार्जन र हेरफेर गर्नुपर्छ। त्यसका लागि छलफल र सम्वाद चलाइएको हो। हामीले आगो बाल्छौ भन्नेहरुलाई नेकपा एमाले शान्तिपूर्ण विचारको दमकम लिएर तयार हुनुपर्छ र झ्याप निभाउनुपर्छ। चर्काउँछु भन्नेहरुलाई ल्याप्प लेपनलगायर टाल्नुपर्छ। त्यो सार्मथ्य हामीसँग छ, जनताले हामीलाई पत्याएका छन्। देशकाविरुद्ध, जनताका विरुद्ध, एमाले सबै जनता, तह तप्काको साझा प्रतिनिधि भएको , सबैको हित र संरक्षण एमालेले गर्नुपर्छ। यही दृष्किोणबाट सुझाव आउनुपर्छ। एमाले यिनै अह्म स्पष्ट र सक्रिय भूमिकामा प्रस्तुत हुनेछ,’ ओलीले भने। संविधान मस्यौदामा अहिले पनि हजारौ व्यक्ति र समुदायबाट विभिन्न विचार र फरक मत आए पनि त्यसका जायज माग सकेसम्म सम्बोधन गर्ने प्रयास दलहरुले गरिरहेको बताए। कहाँ कमी कमजोरी भएको छ, त्यसलाई सच्याउन तयार छौ, दिनै पिच्छे सच्याउन सकिदैन । यसअघि प्रमुख चार दलका शीर्ष नेताहरुले संघीयताको विषयमा असन्तुष्टि जनाउँदै विभिन्न भागमा उठेका आन्दोलनको सम्बोधन गर्ने विषयमा छलफल गरेका थिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्