नेभिगेशन
अन्य

राप्रपा नेपाल लगायत मधेशी दलद्धारा संविधानसभा बैठक बहिष्कार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टीलगायत दलले संविधानसभाको आजको बैठक बहिष्कार गरेका छन् । प्रमुख चार राजनीतिक दलले संविधानका विषयमा गरेको सहमतिमा आफूहरुको धारणा समावेश नगरिएको भन्दै ती दलले बैठक बहिष्कार गरेका हुन् । आजको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पेस गरेको प्रतिवेदनमाथिको छलफल जारी छ । यसअघि, राप्रपा नेपालका सभासद् कुन्ती शाहीले चार दलका नेताले आफ्नो स्वार्थलाई मात्र हित हुने गरी संविधानको मस्यौदा ल्याएको आरोप लगाइन् । उनले मुलुकका विभिन्न स्थानमा भइरहेको प्रदर्शनमा सरकारले दमन गरेको, नागरिकले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारसमेत हनन गरिएको बताइन् । सद्भावना पार्टीका सभासद् नरसिंह चौधरीले संविधानमा सबै क्षेत्र, वर्गको भावना समेटिनुपर्नेमा त्यसो नभएकाले आफूहरु विरोध गर्न बाध्य भएको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्