नेभिगेशन
अन्य

अखण्ड रुकुम माग्दै गाँउ गाँउबाट सर्वसाधरण सदरमुकाममा

काठमाडौं । अखण्ड रुकुम र रुकुमलाई प्रदेश नं ५ मा राख्न माग गर्दै थालिएको आन्दोलनको चौथो दिनपनि रुकुम बन्द भएपछि जनजीवन थप प्रभावित भएको छ । बन्द सफल पार्न मानिसहरु गाउँगाउँबाट सदरमुकाम आउन थालेका छन । स्थानीय बासिन्दाले बिहानै चोक–चोकबाट जुलुस निकालेका छन । चर्को नाराबाजी गर्दै रुकुमका नागरिकले सिंगो रुकुमलाई प्रदेश ५ मा नराख्दा सम्म आन्दोलन नरोकिने बताएका छन् । अनिश्तिकालिन रुकुम बन्दका कारण यातायात, कलकारखाना, शैक्षिक संस्था पूर्ण रुपमा बन्द भएका छन् । नागरिक समाज रुकुमको अगुवाईमा अनिश्चित रुकुम बन्दको आयोजना गरिएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्