नेभिगेशन
अन्य

जानकी मन्दिरमा महन्थ नियुक्त गर्दा प्रक्रिया पु¥याउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनकपुरस्थित जानकी मन्दिरका लागि प्रक्रिया पु¥याएर महन्थ नियुक्ति गर्न गुठी संस्थानलाई आदेश दिएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले प्रक्रिया पु¥याएर मात्र सो मन्दिरमा महन्थ नियुक्त गर्न आदेश दिएको हो । गुठी संस्थानले २०७० माघ १६ गते उक्त मन्दिरमा लामो समयदेखि महन्थ भई कार्य गरिरहेका रामतपेश्वर दासलाई हटाएर जगदीशदास बैष्णवलाई नियुक्त गरेको थियो । आफुलाई महन्थबाट हटाई अर्कैलाई नियुक्त गरेको प्रक्रिया नपुगेको दाबी गरी र सो ठाउँमा आफूलाई नै यथावत राख्न आदेशको माग दाबी गर्दै रामतपेश्वरले सर्वोच्च अदालतमा २०७० माघ २१ गते रिट निवेदन दायर गरेका थिए । रिट निवेदनमा महन्थमा आफ्नो वंशज नियुक्त हुने भएकाले अर्कैलाई नियुक्त गर्नु प्रक्रियाअनुसार नभएको दाबी गरिएको थियो । संस्थानले सो मन्दिरको महन्थमा २०५३ साल साउन २७ गते रामतपेश्वरलाई नियुक्त गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्