नेभिगेशन
अन्य

संयम अपनाउन शीर्ष नेताहरुको अपिल

काठमाडौं । सीमांकन सहितको ६ प्रदेशको विषयलाई लिएर ठाउँठाउँमा आन्दोलान हुन थालेपछि प्रमुख चार दलका शीर्ष नेताहरुले संयमित रहन आग्रह गरेका छन्। नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली , एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले हस्ताक्षर गरेको अपिलमा सिमाकंन गर्दा विवाद रहनु र जनताले विभिन्न कोणबाट कुरा उठाउनु स्वभाविक भएको उल्लेख छ। उनीहरुले आन्दोलन रोकि, समस्या समाधानका उपायहरु बताएर समाधान पहिल्याउन मद्दत गर्न अपिल गरेका छन्। नेताहरूले ६ प्रदेशको सीमांकनको निर्णय सावजनिक गरेपछि सो निर्णयको बिरोध गर्दै देशका विभिन्न भागमा आन्दोलन भएका छन्। हिजो सुर्खेतमा भएको हिंसात्मक आन्दोलनमा तीन जनाको ज्यान गएको छ भने अरु थुप्रै घाइते भएका छन्। केहि शीर्ष नेताहरुले सीमांकन अन्तरिम मात्र भएको र यो परिवर्तन हुन सक्ने सार्वजनिक रूपमै बताएका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्