नेभिगेशन
अन्य

कालिमाटी केन्द्र्रबिन्दु भएर ४.३ रेक्टरको धक्का

काठमाडौं । पराकम्पन जान कम भइरहेकाबेला मंगलबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । काठमाडौंको कालिमाटी केन्द्रविन्दु भएर बिहान १० बजेर ४२ मिनेटमा ४ दशमलव ३ रिक्टर स्केलको भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण आत्तिदै घर बाहिर निस्किएका छन् ।यसैबीच काठमाडौंकै पाँगा आसपासलाई केन्द्र बनाएर आजै बिहान ४ बजेर २० मिनेटमा ३.६ रेक्टर स्केलको भूकम्पको धक्का मापन गरिएको थियो। भुकम्पको धक्का महशुस भएपछि संविधानसभा बैठकमा समेत सभासहरु उठेका थिए । तर, राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी भने बोलिरहे । भूकम्प बिहान १० बजेर ४२ मीनेट जाँदा ४. ३ रेक्टर स्केलको भएको र केन्द्र कालिमाटी आसपासको क्षेत्र रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आजको धक्का पनि गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको पराकम्पन भएको मापन केन्द्रले जनाएको छ । यसअघि सोमबार बिहान चार बजेर १४ मीनेट जाँदा गोरखा केन्द्र विन्दु बनाएर ४।९ रेक्टर स्केलको पराकम्प गएको थियो । यसैबीच भूकम्प आएका बेला राजधानीका विद्यालयहरू सूचारू थिए । भूकम्पसँगै विद्यार्थी त्रसित भएर कक्षाकोठा बाहिर निस्किएका थिए भने केही बालबालिका घर फर्किँदै गरेको दृश्य देखियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्