नेभिगेशन
अन्य

मध्यपश्चिममा आन्दोलन कायमै, बर्दियामा पनि अनिश्चिकालिन बन्द

काठमाडौ । चार शीर्ष नेताहरुले सहमति गरेको ६ प्रदेशको अवधारण सार्वजनिक भएलगत्तै देशको पश्चिमी भागमा आन्दोलन सुरु भएको हो । सोमबार देखि सुरु भएको प्रदर्शनका कारण सुर्खेतमा २ जनाले ज्यान गुमाइसकेका छन् । आज म‌ंगलबार पनि विभिन्न ठाउँमा प्रदर्शन सुरु भइसकेको छ । यसैगरि मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक), थरुहट तराई पार्टी नेपाल लगायत विभिन्न थारु समूदायका सातवटा संगठनले मंगलबार देखि आव्हान गरेको बर्दिया बन्दले बिहान देखि यातायात सेवा प्रभावित भएको ईकान्तिपुर संवाददाता कमल पन्थीले बताएका छन् । कञ्चनपुर देखि चितवन सम्मको थरुहट भुमी स्वायत्त प्रदेश, पर्सा देखि धनुषा सम्म सिम्रोनगढ र सिराहा देखि झापा सम्म पुर्वी थरुहट कोचिला प्रदेशको माग गर्दे अनिश्चिकालिन बन्दको आव्हान गरिएको हो । बन्दले शिक्षण संस्थान, व्यापारिक प्रतिष्ठान बन्द भएको प्रहरीले जनाएको छ । पुर्वपश्चिम राजमार्ग र नेपालगन्ज गुलरिया, राजापुर सडकमा फाटफुट सवारी साधन चलेकाछन् । बिहान देखि पानी परेकोले बन्दकर्ता भने सडकमा प्रदर्शनमा उत्रेका छैनन् । त्यस्तै प्रदेश विभाजनमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रेका सर्वसाधारण, राजनीतिक दलका स्थानिय नेता, व्यापारी, उद्योगीले आन्दोलनको दोस्रो दिन पनि जिल्ला बन्द गराएको ईकान्तिपुर संवाददाता बिप्लब महर्जनले बताएका छन् । बन्दले गर्दा यातायात सेवा ठप्प छ भने पसल, उद्योग तथा कलकारखाना समेत चल्न सकेका छैनन । बन्दका कारण जिल्लावासिको जनजिवन प्रभावित भएको छ । गाडि नचल्दा धेरै जसो यात्रु बसपार्कबाटै घर फर्किएका छन् । प्रदेश विभाजन गर्दा ६ प्रदेशमा सल्यानलाई राखेपछि असन्तुष्टि जनाउँदै क्षेत्र नं. ५ मा गाभ्न र राप्तीबाट जिल्लालाई नटुक्रयाउन माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्