नेभिगेशन
अन्य

चलचित्र होस्टल रिटर्न्स अष्ट्रेलियामा

अष्ट्रेलिया । टीन एजर्स दर्शकलाइ लक्षित गरी निर्माण गरिएको चलचित्र होस्टल रिटर्न्स अष्ट्रेलियामा आागमी अगस्ट १५ र १६ मा प्रदर्शन हुने चलचित्र यूनिटले जानकारी दिएको छ । शायद र होस्टल सफल भएपछि दुर्गिश फिल्मसले होस्टल रिटर्न्स निर्माण गरेको हो । यो चलचित्र नेपालमा भने भदौ ४ गते रिलिज हुँदैछ । चलचित्र अष्ट्रेलियाको सिड्नीको सिभिक थिएटरमा लाग्ने यूनिटले जानकारी दिएको हो । सुरज भुषालद्वारा निर्देशन चलचित्रमा अधिकांश नयाँ अनुहार छन् । अष्ट्रेलियामा नमस्ते इभेन्टसले चलचित्रको अधिकार लिएको छ । चलचित्रका लागि अधिकांश टिकट अहिले नै बुकिङ भइसकेको नमस्ते इभेनट्सका गोविन्द भण्डारीले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्