नेभिगेशन
व्यक्ति/व्यक्तित्व

वोइङ उडाउने सपना बुनेका कानुनविद् थापा

कृष्ण तिवारी चिकित्सा क्षेत्र होस् वा इन्जिनियरिङ, चाहे अस्ट्रेलियन सरकारी निकायमा नै किन नहोस् । अस्ट्रेलियालाई कर्मभूमि बनाउँदै आएका प्रवासी नेपालीहरुको संलग्नता सबै क्षेत्रमा रहँदै आएको छ । आफ्नो ज्ञान, सीप, कार्यदक्षता र अनुभवले आफ्नो पेशागत सफलता मात्र नभई विश्वभर नेपाल र नेपालीकै नाम राख्न समेत पछि परेका छैनन् कयौं नेपालीहरु अस्ट्रेलियामा । त्यस्तै अर्को विधा न्यायलयमा समेत नेपालीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । अस्ट्रेलियाको न्यायलयको क्षेत्रमा विस्तारै आफ्नो प्रभुत्व जमाउन सफल भएका छन्– डा. शम्शेर सिंह थापा । IMG_8054 पेशाले उनी कानुनविद् हुन् । शम्शेर थापा एण्ड एसोसियटस्मा विहानदेखि साँझसम्म उनी आफ्ना सेवाग्राहीहरुलाई कानुनी परामर्श दिन व्यस्त रहन्छन् । बढ्दो नेपाली समाजसँगै पारिवारिक वेमेलका कारण समस्याहरु बढ्दै गएको अनुभुत गर्छन थापा । कानुनी परामर्शदाता भएपनि हप्तामा करिब दुई दिन त फेमली काउन्सिलिङमै बिताउने अनुभव छ उनको । स्याङ्जाको लामागे गाउँमा पुख्र्याैली घर भएका थापाले आफ्नो वाल्यकाल कहिले गाउँ त कहिले शहरमा बिताए । घरपरिवारमा पाँचवटी छोरी र चारवटा छोरामध्येका कान्छो छोरा थिए थापा । शिक्षित र सम्पन्न परिवारमा हुर्केका थापालाई वाल्यकालमा कुनै कुराको अभाव अनुभव गर्नु परेन । थापाका बुवा पश्चिम ४ नम्बरका बडाहाकिम अनि पछि प्रधानपञ्च समेत थिए । समाजसेवी जंगविरले आफनैं नीजि जग्गामा स्कूल समेत खोलिदिएका थिए । जंगविर थापा भनेपछि पुरै गाउँलेले चिन्दथे । थापाले गाउँकै श्रवण प्राविमा कखरा सिके । पढाईमा निकै चलाख थापाले कक्षा एकबाट एकैचोटी कक्षा तीनमा फड्को मारे । अनि ६ कक्षाको लागि उनी इन्द्रराज्य लक्ष्मी स्कूल भैरहवा पुगे । कक्षा सातसम्मको अध्ययन उनले भैरहवाबाट सके अनि कक्षा १० सम्मको अध्ययन काठमाण्डौं, विरगंञ्ज र स्याङ्जाबाट सके । घरपरिवारमा कान्छो छोरा भएर बढी माया पाएर पनि होला, पढ्ने राम्रो वातावरण पाएपनि पढाईमा त्यति मिहनेत चाँहि गर्दैन्थ्ये । तर पढाइमा चाँही उनी सधै कक्षा प्रथम नै हुन्थ्ये । उनी वाल्यकाल सम्झदै भन्छन्– “स्कूले जीवनको वेला नै त्यस्तैं, पढाइतिर भन्दा साथी भाईहरुसँग रमाइलो गर्न मन लाग्ने ।” काठमाडौंमा पढेका थापा पुनः स्याङ्जाकैं मातृभूमी विद्यालयमा फर्र्किए अनि त्यहीबाट प्रवेशिका परिक्षा दिए । कक्षा एकदेखि टेस्ट सम्म सधै प्रथम स्थान ल्याउने थापाको एसएलसी भने बिग्रियो । उनी थप्छन्– “विरामी भएर एउटा पेपरमा फेल भएँ । पछि, दोस्रो श्रेणीमा उत्र्तिण भएँ ।” प्रवेशिका उत्र्तिणपछि थापाको जीवनमा केही नयाँ मोड ल्यायो । के पढ्ने भन्नेमा उनी अन्यौलमा परे । विज्ञान विषय पढ्न श्रेणीले धोका थियो । त्यतिवेला सरकारी कलेजमा मात्रैं विज्ञान विषयको पढाई हुने गर्दथ्यो ।Screen Shot 2015-08-10 at 5.24.07 PM स्कूलले जीवनमा थापालाई कानुन विषय फिटिक्कै मन पर्दैन्थ्यो । कारण यो पनि थियो कि, बुवा प्रधानपञ्च भएका कारण घरमा मुद्दा मामिलाको छिनोफानो मिलाउन गाउँलेहरुको भीड नै लाग्ने गर्दथ्यो । गाउँलेहरुको मुद्दाको झगडाले वाक्क दिक्क बनेका थापाको घरमा नेपाली कागजका डङगुर हुन्थ्यें । थापाको कलिलो मानसपटलमा लाग्दथ्यो, कि यो पेशा त म जीवनमा कहिल्यै गर्दिन । बरु थापाको सपना थियो, आर्मीमा जागिर खाएर जर्नेल बन्ने वा पुलिसमा जागिर खाने । त्यसो त वाल्यकालमा थापाले वोइङ उडाउने सपना पनि नदेखेका भने होइनन् । तारादेवीले गायको “सोचे जस्तो हुन्न जीवन” वोलको गीत जस्तै भैं दियो थापाको जीवन पनि । भित्री मनले पढ्न नचाहेको कानुन विषय घरपरिवार र दाजुहरुको आग्रहमा अध्ययन गर्न पुगे । परिवारले थापालाई काठमाडौंको ल क्याम्पसमा आइएलमा भर्ना गरिदिए । घरपरिवारको चाहनालाई उनले तोड्न सकेनन् । अनि विस्तारै कानुन विषयतिर थापाको मोह बढ्दै गयो । आइएलमा सेकेण्ड टपर भएर निस्के । घरपरिवार, साथीभाई तथा शिक्षकहरुबाट बधाई पनि पाए । जब थापाले अध्ययनकै क्रममा केस स्टडी तर्फ रुचि बढाए अनि उनमा कानुनी क्षेत्रको मोह ह्वात्तैं बढेर आयो । विस्तारैं कानुनको रस मस्तिष्कमा संचारित हुँदै गयो । थापाले ल क्याम्पसबाट बिएल सम्मको अध्ययन राम्रै अंक हासिल गरी उत्र्तिण गरे । अध्ययनसकेपछि थापाले Victims Law Chamber मा वकालत गर्न थाले । सुरुमा ध्रुबलाल श्रेष्ठ र पछि ध्रुबववरसिंह थापाको ल फर्ममा काम थाले । पछि नेपाल बाल संगठनमा सहायक–सचिव स्तरको कन्सल्टेन्टको रुपमा कानुनी सल्लाहकार समेत भए । त्यसलगत्तै नेपाल बार एशोशिएसनले सञ्चालन गरेको “लिगल एड” भन्ने परियोजनामा पनि संलग्न भएर काम थाले । यसबाहेक उनी स्व. ईन्द्र लोहनीसँग मिलेर नेपाल टेलिभिजनमा “ऐन–कानुन” भन्ने कार्यक्रम निर्माण पनि गरे । पछि त्यही कार्यक्रम “बहस” मा परिणत भयो । पछि, रेडियो नेपालमा बाल अधिकारसम्बन्धी कार्यक्रम स्व. पाण्डव सुनुवारसँग मिलेर सञ्चालन गरे । कानुन अध्ययन गरेका थापा तार्किक कुरा गर्नमा महिर थिए । अब उनले आफ्नै कानुन सम्बन्धि ज्ञान र अनुभवलाई विस्तार गर्न लागि परे । पछि उनी धेरै कम्पनीहरुमा लिगल एडभाइजरका रुपमा आवद्ध समेत भए । थापालाई नेपालमा कामको चापाचाप नै थियो । काम अनुसारको कमाइ निकै राम्रो थियो । तर विदेशको मोह किन त भन्ने प्रश्नमा थापा कारण खुलाउदै भन्छन्– नेपालमा १९९२ मा थाई र पाकिस्तानी एयरलाइन्स दुर्घटनाग्रस्त भयो । त्यो दुर्घटनामा धेरैले ज्यान गुमाए पनि । दुर्घटनामा ज्यान गुमाएकाहरूले पाउनुपर्ने क्षतिपूर्तिको लागि मुद्दा लड्न बेलायतबाट नाइजल टेलर नाम गरेका वकिल पनि झिंकाइए । त्यो मुद्दामा सामेल भएका थापाले नजिकबाट नियाल्ने अवसर पनि पाए । उनको अपराध कानुन र संवैधानिक कानुनमा विशेष दख्खल पनि थियो । नेपालमा कानुनी क्षेत्रमा पोख्त विज्ञको अभावकै कारण टेलरलाई झिकाइएको थियो । यो घट्नाले थापाको मन चसक्क भयो । थापाले आफ्नो कानुनी क्षेत्रमा अझ बढी ज्ञान हासिल गर्ने योजना बुने अनि एलएलएम पढ्ने निर्णय गरे । अस्ट्रेलियाको यात्रा अपशोच त्यतिवेला नेपालमा सो स्तरको अध्ययन हुदैनथ्यो । उनी बुझने क्रममा भारतको बेङलोर पुगे । चित्त बुझेन अनि फर्के । एउटा टेनिङ्गको क्रममै अमेरिका ३ महिना बसेर आए । अब उनको पक्कापक्की नै भयो अमेरिकामा एलएलएम गर्न जाने । अध्ययनका लागि चाहिने सम्र्पूण कागजातहरु सबै तयार पारे । अमेरिकामैं गएर उच्च शिक्षा अध्ययन गर्न खुट्टा उचालेर मात्रै के बसेका थिए, अचानक थापाका कलेजका साथी विमल भट्टराई काठमाडौंमा टुप्लुुक्क भेटिए । विमल ल कलेज पढ्दा पढ्दैं अष्ट्रेलियातिर अध्ययनमै आएर वसोवास गरिसकेका थिए । धेरै वर्षपछि साथीसँगको भेटघाटमा केही भलाकुसारी पनि भयो । थापाले साथी विमललाई आफू एलएलएम पढ्न अमेरिका जान लागेको बताए । तर हितैसी साथीले एक्कासी उनको अमेरिकाको यात्रालाई बे्रक लगाइदिए । अनि कानुनी क्षेत्रमा अध्ययन र काम गर्न अष्ट्रेलिया आउन सुझाएँ । थापा दोधारमा परे अब म कता जाऊ ? केही बेर अलि गम्भीर बने अनि गमेर सोचे । अन्ततः थापा सन् १९९६ को शुरुवाततिर अष्ट्रेलियामा पाइला टेके । सुरुवाती दिनहरुमा सर्घष गदैं अध्ययनलाई निरन्तरता दिए । आएको केही महिनापछि थापा आफ्नै कानुनी क्षेत्रमा बुझन यहाँको एनएसडब्लु ल कोर्टमा पुगे । नेपालमा आफुले पढेको विषयमा सोधीखोजी गरेर एकदिन हाइड पार्कको बाटो आइरहेका थिए । यसै बिचमा ८÷१० जना नेपालीहरुको झुण्ड पार्कमा भेटिए । अनि उनलाई सोधियो कता पुगेर आएको । थापाले जवाफ दिए, अदालत । थापाले यसो भन्दा अस्ट्रेलियामा पनि यसले वकालत गर्ने भो भनि साथीहरु बीच हाँसोको फोहोरा छुट्यो । थापा यो क्षणलाई कहिल्यै विर्सिदैनन् । थापाले आफ्नो अठोटलाई पुरा गर्न यूनिभरसिटी अफ वेष्टन सिड्नीबाट एलएलएम पनि सके । त्यस्तैं कलेज अफ ल सिड्नीबाट ग्याजुऐट डिप्लोमा इन लिगल प्राक्टीक्स पनि गरे । कानुनी कामसँगै वाँकी रहेको समयलाई सदुपयोग गर्दै थापाले अष्ट्रेलियाको वेष्टन सिड्नी विश्वविद्यालयबाट कानुनमा विद्यावारिधी समेत गर्न सफल भए । विद्यावारिधि सक्न ३ वर्ष लाग्ने भए पनि पार्टटाइम अध्ययन गरेका कारण थापाले करिब ९ वर्ष लगाएर अन्नतः आफ्नो लक्ष्यमा पुगेरै छाडे । मनमा अठोट, संकल्प अनि आत्मविश्वास छ भने लक्ष्यमा पुग्न सकिन्छ भन्ने सफल उदाहरण बनेका छन्– थापा । अष्ट्रेलियाबाट कानुनमा विद्यावारिधि गर्ने पहिलो आप्रवासी नेपालीमा समेत दरिएका छन् । पिएचडीका सम्बन्धमा थापाले “मास्टर अफ ल” को थेसिस गर्दा माइग्रेसन कानुन सम्बन्धि गरे । अनि पछि शरणार्थी सम्बन्धि अध्ययन पनि गरे । पछि त्यहि रिर्सचलाई प्रपोजल बनाएर ४÷५ वटा विश्वविद्यालयहरुमा बुझाए । सबैले उनको प्रोपोजल पास गरे । अनि अध्ययनका क्रममा चुनौतिहरु पनि निकैं झेले । यहाँको सरकारको वर्षैपिच्छे परिवर्तन हुने कानुन र हाई कोर्टको डिसिजनले उनलाई पनि छोयो । जसका कारण ८० प्रतिशत आफ्नो रिर्सच रद्दीको टोकरीमा मिल्काइदिए । भन्छन्– वाँकी २० प्रतिशत नै मेरो पिएचडी रिर्सचको मुल निष्कर्ष हो । उनको पिएचडीको विषय अष्ट्रेलियाको शरणार्थी नीति सम्बन्धि हो । अष्ट्रेलियाको शरणार्थी नीति सम्बन्धि सुरक्षित तेस्रो राष्ट्रमा फर्काउने नीति र त्यसरी फिर्ता पठाउन नपाइने अन्र्तराष्ट्रिय कानुनको सन्र्दभमा “अष्ट्रेलियाको शरणार्थी नीति अध्ययन” शीर्षकमा आफ्नो शोधपत्र तयार परे । थापाकै शोधपत्रका आधारमा अस्ट्रेलियन सरकारले शरणार्थी सम्बन्धि लिएको पहिलाको नीति नै परिर्वर्तन समेत गर्यो । जुन थापा आफ्नो जीवनको सबैभन्दा ठुलो उपलब्धि भएको बताउँछन् । थापाको पिएचडीको थेसिस कूल चार सय पेजको रहेको छ । जसलाई विश्वको एक प्रतिष्ठित पुस्तक प्रकाशनले 'Safe Third Country vs Non-refoulment - In Australian Context' शीर्षकमा अंग्रेजी भर्सनमा उनको शोधपत्रको किताब नै प्रकाशित गरेको छ, जुन अमेजन वा इ बे जस्ता अनलाइनहरुले बुक विक्रीमा राखेका छन् । पिएचडी निष्कर्षका सम्बन्धमा थापा भन्छन्– कुनैपनि शरणार्थी कुनै पनि देशमा गएर शरणार्थी प्रमाणित भैसकेपछि त्यसलाई त्यो देशले कुनै अर्को देशको लागि सुरक्षित छ भनेर पठाउन मिल्दैन । जबसम्म दुई देशका बिचमा दुई पक्षिय वा वहुपक्षिय सन्धि हुदैन् ।” अष्ट्रेलियाको शरणार्थी सम्बन्धि नीतिमा थापाको पिएचडीको रिर्सचले एउटा नजीर बसालिदिएको छ । जुन ठुलो उपलब्धी नै मान्नु पर्दछ । समाज सेवा र जीवन थापाले जीवनलाई एउटा सघर्षको रुपमा लिन्छन् । जीवनमा सन्तुष्टी नै सबैभन्दा ठुलो कुरा हो । आफुभन्दा माथिका यात्रीलाई मात्रै होइन कि सधैं आफुभन्दा तलका यात्रीलाई पनि हेर्नु पर्छ । यात्रामा अनगिन्ती अप्ठ्यारा धुम्तीहरु अनि रमाइला मोडहरु पनि आउँछन् । अप्ठ्यारा र चुनौतिलाई सामना गर्दै अगाडि बढ्नु जीवन हो । राम्रोसँग निदाउँन सक्नु नै सार्थक जीवन हो । थापा भन्छन्– शिक्षा आर्जनलाई उमेरले कुनै छेकवार गर्दैन तर केवल आत्मविश्वास र अठोट चाँहि अवश्य चाहिन्छ । प्रवासमा रहेका नेपाली विद्यार्थीहरुको थापाको सुझाऊ छ– जे पढे पनि राम्रोसँग अध्ययन गर्नु । अरुको लहलहैमा नलाग्नु । कुरा सबैको सुन्नु तर निणर्य आफ्नो गर्नु । नेपाली समुदायमा हुने कार्यक्रमहरुमा थापा आजभोली विरलै भेटिन्छन् । उनी भन्छन्– संस्था बन्नु राम्रो कुरा हो । तर एउटै उद्वेश्य राखेर खोलिएका संस्था धेरै भए । अनि हप्तैपिच्छे हुने कार्यक्रममा जान थापालाई समयले त्यति साथ दिएन । तर आफुलाई मन पर्ने कार्यक्रमहरुमा भने थापा पुग्छन् । एनआरएनप्रति थापाको अलि अलग धारणा छ । उनी भन्छन्– आस्था र विचार सबैको हुन्छ । तर आफ्नो आस्थालाई एनआरएनए जस्तो पवित्र संस्थालाई घुसाउनु भएन । एनआरएनएलाई हामी सबैको साझा संस्थाको रुपमा समावेसी बनाउनुपर्ने थापाको सुझाव छ । समाजिक गतिविधिमा पनि थापा समयले भ्याएसम्म अग्रसर छन् । थापा एनआरएनएको सल्लाहकार पनि हुन् । नेप्लीज अस्ट्रेलियन एसोसियसनको दुई पटक भाइस प्रेसिडेन्ड समेत रहेर काम गरे । त्यसो त थापा सन् १९९८ एनएडिएफको पनि भाइस प्रेसिडेन्ड थिए । दुई पटक सम्म आइसीसी सदस्य समेत बनेका थापाले एनआरएनए भित्र कन्टीन्युएसन अफ नेप्लीज सिटिजनसिप टाक्सफोर्सको सदस्य भएर काम गरिसेकेका छन् । साथै नेपाल अस्ट्रेलिया मैत्री संघ मार्फत नेपालका गरिब तथा पिछडिएका परिवारका बालबालिकाहरुको शिक्षा दिक्षामा समेत सहयोग गर्दै आएका छन् । जीवनमा आफ्नो पेशाप्रति थापा निकै खुसी छन् । भन्छन्– सेवाग्राहीहरुको खुसी नै मेरो खुसी हो । थापा सधै आफ्नो क्षेत्रका विषयका बारेमा नयाँ नयाँ जानकारी लिन अग्रसर हुन्छन् । भन्छन्– मानिस सबै कुरामा कोही पनि पोख्त हुदैन । त्यसैले त थापाले आफुलाई द्विविधा लागेका विषयमा Senior Counsel िसँग रायसल्लाह लिन्छन् । Screen Shot 2015-08-10 at 5.25.17 PM थापाका ग्राहक युरोपियन, रसियन, अस्ट्रेलियन, इन्डियन लगायत धरै देशका छन् । तर बढी मात्रामा नेपालीहरु नै आउँछन् । नेपालीबाट नेपाली वा अन्यबाट ठगिएका घट्ना लिएर कानुनी उपचार लिन आउँदा भने थापाको मनमा अलि नरमाइलो लाग्छ । अहिलेका समस्या भनेकै नक्कली डिभोर्स पेपर, नक्कली विवाह, नक्कली बैक डकुमेन्ट, वर्किङ भिसा मिलाइदिने बहानामा धरै नेपालीहरु पनि ठगिएर आफुकहाँ कानुनी उपचार लिन आएको दुखेसो थापाले पोखे । एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नुपर्ने ठाउँमा किन आफ्नो विवेक गुमाउँछन् भनि प्रतिप्रश्न गर्छन् । प्राय साउथ एसियन मुलका मानिसहरुलाई नहुने कामलाई पनि हुन्छ भन्दियो भने खुसी हुन्छन् । तर थापा भने आफना ग्राहकहरुलाई मुद्धा जितिने र नजितिने सम्भावनाका पाटोहरु पहिले नै प्रष्ट पारिदिन्छन् । Tributes मा हारेका कति मुद्धा समेत थापाले लडेर जित हात पारेका छन् । वास्तवमा मुद्धा लड्नु आर्थिक हिसावले खर्चिलो विषय हो । तर थापाले कयौं मुद्धाहरु विना शुल्क पनि आफ्नो पेशाको डिग्निटीको लागि लडेर जितेका धेरै उदाहरण छन् । थापा ल काउन्सिलको सदस्य, ल सोसाइटी अफ न्यु साउथ वेल्सको सदस्य, यूडब्लुएस पोष्ट ग्रयाजुयट अल्मुनाइको सदस्य समेत छन् । नेपालमा समेत कानुनी क्षेत्रमा विभिन्न लेखहरु मार्फत आफ्ना अनुभवहरु साटासाट गरिरहेका थापाले भविष्यमा नेपालमा कानुनी क्षेत्रमा अझैं केही गर्ने सोच बनाएका छन् । यसै विषयमा नेपालका न्यायिक क्षेत्रका विज्ञहरुसँग थापाले आफ्नो सम्पर्क बढाइरहेका छन् । विकसित देशमा भएका कानुनी कुरालाई विभिन्न लेखनमार्फत नेपालको कानुनी क्षेत्रको विकासका लागि थापा अग्रसर छन् । यहाँ जस्तै अदालतमा मुद्घाको प्रकृति हेरेर समयावधि तोक्ने, दुख दिने नियत राखी मुद्घामामिला परेमा हार्ने व्यक्तिले नै जित्ने पक्षको वकिलको खर्च बोहोरिदिने जस्ता विषयमा नेपालमा पनि लागु गर्न सकारात्म्क बहस भैरहेको कुरा थापा बताउँछन् । थापा आफ्नो परिवारलाई सुखी परिवार ठान्छन् । भन्छन्– परिवार सुखी हुनुमा आत्मसन्तोष चाहिन्छ । सन् १९९८ तिर नेपाल घुम्न गएका वेला थापाले जवालाखेलकी शिल्भिया शिजापतिसँग लगनगाँठो कसे । यो थापाको मागी विवाह थियो । थापा दम्पत्ति छोरी गरिमा र छोरा गौरवका साथ नर्थवेस्ट सिड्नीमा बस्दै आएका छन् । फूर्सतमा व्याडमिन्टन र फूटवल खेल्न मन पराउने थापा नेपाली नाचगानमा पनि औंधी रमाउँछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्