नेभिगेशन
अन्य

यार्सा तिब्बत ओसार्न हेलिकप्टर चार्टर

नेपालगन्ज । यार्सा व्यापारीहरुले विगतझै यस वर्ष पनि ‘हिमाली हिरा’ भनेर चिनिने यार्सागुम्बा तिब्बत ओसार्न हेलिकप्टर चार्टर गरेका छन् । हिमाली क्षेत्रमा यार्सा सिधै तिब्बत पुर्‍याउनु गैरकानुनी भए पनि सरकारको स्वीकृति स्वीकृति लिएर नै शनिबार माउन्टेन एयरको इकुरेल हेलिकप्टर डोल्पा पुगेको छ । तिब्बतसँग जोडिएको डोल्पाको सीमाक्षेत्रमा नेपाल सरकारको भन्सार कार्यालय नरहेकोले यार्सा पैठारी गर्नु अवैध मानिन्छ । तर, सोमबारदेखि सीमावर्ती तिब्बती बजार क्याटो र मोरिममा लाग्ने दुई हप्ते हाट मेलालाई लक्षित गरी यार्सा तस्करी गर्न हेलिकप्टर प्रयोग गर्न लागिएको हो ।सरकारले आर्थिक वर्ष २०५८५९ मा यार्सा कारोबार खुल्ला गरेसँगै चीनले क्याटो र मोरिममा लाग्ने मेलाका लागि भन्दै मेला अवधिमा नाका खुला गर्ने गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्