नेभिगेशन
अन्य

किर्तिमानी तेक्वान्दो खेलाडी दीपकलाई सिड्नीमा सम्मान

‘एक पटकको नेपाली सधैको नेपाली भन्ने तपाइहरुको भावनाको कदर राज्यले गरेको छ । तपाइहरु प्रवासमा बसेपनि नेपाली, नेपालमा बस्ने हामी पनि नेपाली । प्रवासीहरुको नेपाल प्रेम गाहे र सारो पर्दा हामीले प्रशस्त देखेका छौ, यस पटक भुकम्पले तहस नहस पार्दापनि प्रवासीहरुको प्रेमले मुलुकमा मलम लगाएको हामीले देखेका छौ ।’ सम्मानीत कार्यक्रममा भावुक भएका किर्तिमानी खेलाडी दिपक विष्टले यसरी मनको बह पोखे । मुलुकका लागि झण्डा बोकेर दुइ दशक रगत पसीना बगाएको ब्यर्थ गएको रहेनछ । मुलुक भित्र र मुलुक बाहिर नेपालीहरुले गर्ने माया र सम्मानले मलाई यस्तै यस्तै महसुस भइरहेको छ । पारिवारिक भ्रमणमा अस्ट्रेलियाको सीड्नीमा आइपुगेका किर्तिमानी तेक्वान्दो खेलाडी दिपक बिष्टले यहाँं आयोजित सम्मान कार्यक्रममा यसरी भावना पोखे । दिपकलाई स्थानिय खेल क्लबका तर्फवाट सम्मान गरिरहँंदा भावुक बनेका दिपकले भने ,मैले यतिखेर प्रवासमा नेपाली समाजले देखाएको माया,ममता र स्नेहले मैले मुलुकको नाम राख्दै गर्दा देश र नेपाली जनताले मलाई बिर्सेका रहनेछन भन्ने महसुस भएको छ । खेलकुद मुलुकको पहिचानको माध्यम रहेको कारण यसलाई राज्यले प्राथमितकाको सुचीमा राख्नुपर्छ भन्ने आफ्नो मागको सुनुवाइ नभएको भन्दै दिपकले भने अस्ट्रेलियामा राज्यले खेलकुदलाई पहिलो दर्जामा राखेको बताए । मैदान बनाए ,जनता खेल्छन , खेलेपछि की निरोगी बनिन्छ की च्याम्पियन । आफुहरु चिया र चना खाएर मुलुकको इज्जत धान्ने पुस्ता रहेको जिकिर गर्दै दिपकले भने नया पुस्ताले कमसे कम डाइट खाने बाताबरण बन्नु पर्छ । एनआरएनले मुलुकको अन्यक्षेत्रमा लगानि गरेपनि खेलक्षेत्रमा भने आँंखा पुर्याउन सकेको छैन भन्दै दिपकले भने, ‘आगामी दिनमा यस क्षेत्रमा थोरै लगानि गरे मुलुकको प्रतिष्ठा अभिबृद्धीमा महत्वपुर्ण योगदान पुग्ने छ ।’ कार्यक्रममा गैर अवासिय नेपाली संघका केन्द्रिय पवक्ता मन केसीले खेलकुद राष्ट्रको प्रतिष्ठाको सवालमा महत्वपुर्ण रहेको भन्दै राज्यले मात्र होइन एनअराएनले पनि यसमा लगानि गर्ने सोच बनाएको बताए । केसीले दिपक विष्टजस्ता राष्ट्रका धरोहरहरुलाई सम्मान गर्न पाउनु आफ्नो लागी पनि सौभाग्य रहेको बताउदै भने आगामी दिनमा एनआरएनले खेलक्षेत्रलाई समेटेर अघि बढ्नेछ । प्रवक्ता केसीले विष्टजस्ता राष्ट्रिय प्रतिभाहरुको सवालमा एनआरएनले आगामी सम्मेलनमार्फत पुरस्कारको ब्यबस्था गर्ने सोच समेत बनाएको बताए । एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले मुलुकका लागि रगत पसिना बगाउने खेलाडी बिर सिपाही भएको जिकीर गरे । सिग्देलले भने दिपक बिष्टजस्ता पुराणपात्रहरुले बिसम परिस्थीतीमा पनि चन्द्रसुर्य अंकित झण्डा फहराएर नेपाल र नेपालीको शान कायम गरेको कयैन उदाहरणहरु छन । जसले हामी प्रवासमा बस्ने नेपालीको नाक उचो राख्ने कायम गरेको छ । खेलाडी मुलुकका राजदुत भएको बताउदै सिग्देलले भने, ‘एनआरएन खेलकुद र खेलाडीको बिकास र बिस्तारका लागि सहयोग गर्न तयार छ ।’ कार्यक्रममा नेपालवाट नेटबल वल्र्डकपमा सहभािग हुन आएका नेटबल संघका महासचिव तथा पुराना खेलाडी दिपक लामालाई समेत खाँंदा ओढाएर सम्मानित गरिएको थियो । स्थानिय माछापुच्छ्रे क्लबका संस्थापक अध्यक्ष राजकुमार अधिकारी , पोखरा समाजका अध्यक्ष ध्रुब गुरुङ , राइजिङ गोर्खाज क्लबका बिकास केसी, खेलाडीहरु सीतल खाँंड,सुमन खतिवडा लगायतले बिष्टलाई सम्मान गरेका थिए । । नेपाली खेलकुदका किर्तिमानी खेलाडी दिपकले लगातार चार साफ खेलकुदमा तेक्वान्दो मार्फत स्वर्ण पदक जितेर किर्तिमान कायम गर्नुका साथै दुइ एशियन गेम्समा मुलुकलाई पदक दिलाएका थिए । उनलाई सिड्नीमा सुदुर पश्चिमेली समाज लगायतले सम्मान गरेको छ । दिपक धनगढी निवासी हुन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्