नेभिगेशन
अन्य

तीन वजे बोलाइएको संविधानसभा बैठक फेरि सर्‍यो

काठमाडों । आज ३ बजेलाई बोलाइएको संविधानसभाको बैठक फेरि स्थगित गरिएको छ। बैठक आजै आजै साँझ ६ बजे बस्ने संसद सचिवालयले जनाएको छ। शुक्रबार ५ बजे बोलाइएको संवधािनसभा बैठक नबसिकनै शनिबारका लागि सारिएको थियो। बैठक विशेष कारणले आज पनि नहुने भन्दै सचिवालयले भोलिसम्मका लागि स्थगित गरिएको जनाएको छ। दलहरुको आ(आफ्नै अडाका कारण सीमांकनको विषयमा सहमति हुन सकेको छैन। शुक्रबार दिनभरको छलफलमा झापा, मोरङ, सुनसरीसहित पहाडका जिल्लामा सप्तरीलाई पनि मिसाउने प्रस्ताव फोरम लोकतान्त्रिकले ल्याएको थियो तर यसलाई एमाओवादीले ठाडै अस्वीकार गरिदियो। त्यसपछि एमालेले उक्त प्रदेशमा सिरहा पनि ल्याउनुपर्ने प्रस्ताव गरेको स्रोतले जानकारी दियो। यसलाई पनि एमाओवादीले मानेन। अर्को विकल्पमा झापालाई पहाडी जिल्लासँग मिलाएर मधेसका अन्य जिल्ला समावेश गरी पर्सासम्मको एउटा प्रदेश बनाउने प्रस्ताव आएको थियो तर एमालेले चित्त बुझाएन। झापा र मोरङबाहेक सुनसरीदेखि पर्सासम्मको प्रदेश बनाउने विषयमा छलफल भए पनि सहमति हुन सकेन। यसमा सहमति कायम नभएपछि सिरहादेखि पर्सासम्मको प्रदेशमा मकवानपुर र सिन्धुली समावेश गर्ने अर्को प्रस्ताव आएको थियो। मेची, कोसी र सगरमाथा अञ्चल कायम गरेर एउटा प्रदेश बनाउने, बागमतीमा नारायणीका केही जिल्ला समावेश गरेर अर्को प्रदेश बनाउने, नारायणी अञ्चलका बाँकी जिल्लाको एउटा प्रदेश बनाउने, गण्डकी, लुम्बिनी र राप्तीका केही जिल्ला मिलाएर अर्को छुट्टै प्रदेश बनाउने, राप्तीको बाँकी भाग र भेरी अञ्चललाई समावेश गरेर एउटा तथा महाकाली र कर्णाली मिलाएर अर्को प्रदेश बनाउने प्रस्ताव आएको बैठक स्रोतले जानकारी दियो। एमाओवादीले कैलालीलाई पश्चिम क्षेत्रमा समावेश गरेर जाने हो भने ुनोट अफ डिसेन्टु लेखेर प्रक्रियामा सहभागी हुने प्रस्ताव गरेको थियो तर फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सप्तरी पनि पूर्वको प्रदेशमा समावेश गर्नुपर्ने अडान राखेका थिए। बैठक स्रोतका अनुसार उनले पनि विवाद मिल्ने अवस्थामा नोट अफ डिसेन्ट लेख्न तयार रहेको बताएपछि लुम्बिनीको विवाद आएको थियो। लुम्बिनी अखण्ड रहनुपर्ने प्रस्ताव एमालेका तर्फबाट जबर्जस्त उठेको स्रोतले बतायो। पछिल्लो समय लुम्बिनीका पाल्पा, गुल्मी र अर्घाखाँची मधेसका जिल्लासँग जोडेर राख्न नमिल्ने भएकाले माथि र बाँकी जिल्ला मधेसमा बन्ने प्रदेशमा नटुक््रयाइ राख्नुपर्ने प्रस्ताव पनि बैठकमा आएको थियो। तर, यसमा एमाले र कांग्रेसका रामचन्द्र पौडेलको असहमति थियो। पौडलले नवलपरासीका केही भू–भाग गोरखा–प्युठानको प्रदेशमा हुनुपर्ने अडान राखेका थिए। अखण्ड सुदूरपश्चिम कायम हुने प्रदेशमा दाङसम्मका जिल्ला समावेश गरेर प्रदेश बनाउँदा रोल्पा र रुकुमलाई कता लैजाने भन्ने अर्को समस्या देखिएको थियो। त्यस विकल्पमा छलफल हुँदा रोल्पालाई गोरखा–प्युठानको प्रदेशमा समावेश गर्ने रुकुमको रुकुमकोटबाट पूर्वतर्फका गाविस पूर्व र पश्चिमतर्फका गाविस पश्चिमतर्फको प्रदेशमा मिलाउने प्रस्ताव आएको थियो। तर, त्यसमा एमाओवादीले असहमति जनायो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्