नेभिगेशन
अन्य

एमालेको पार्टी कार्यालय आजबाट धुम्बाराहीमा

काठमाडौं । एमालेको बल्खुमा रहेको कार्यालय शनिबारबाट राजधानीको धुम्बाराहीमा सर्ने भएको छ । बैशाख १२ गते गएको विनाशकारी भूकम्पले बल्खुको कार्यालय पूर्ण रुपमा क्षति भएकाले सर्न लागेको हो । संरचनामा काम गर्न नसकिने भएकाले नयाँ स्थानमा सार्न लागिएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । धुम्बाराही स्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा स्थानान्तरण हुन लागको कार्यालयको शनिबार दिउसो २ बजे अध्यक्ष केपी शर्मा ओलीले शुभारम्भ गर्ने एमालेले जनाएको छ । एक करोड रूपैयाँभन्दा बढी पैसा खर्चेर एमालेले नयाँ केन्द्रीय कार्यालयको फर्निसिङ तथा रंगरोगन पूरा गरेको छ। नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको नयाँ कार्यालयको भुइँ तला आधुनिक बैंक जस्तो बनेको छ भने अध्यक्ष, बरिष्ठ नेता र महासचिव रहने पहिलो तलाले कुनै बहुराष्ट्रिय कम्पनीको कर्पोरेट अफिस सम्झना गराउँछ। गोप्य कक्षका कारण गुटबन्दी बढेको भन्दै एमालेले नयाँ मुख्यालयमा ढोका बन्द गर्ने सुविधा भने कहीँ पनि दिएको छैन। कक्षहरु सबै खुल्ला छन्। अध्यक्ष, दुई बरिष्ठ नेता र महासचिवको कार्यकक्ष पहिले तलाको एउटै हलमा फरकफरक चेम्बरमा छन् तर सबैको सचिवालय एउटै छ। गोप्य कुरा गर्ने बिधि अन्त्य गरी खुलापन आत्मसात गर्न यसो गरिएको उनले बताए। अध्यक्षको कार्यकक्षमा सबैभन्दा महँगो फर्निचर र कार्पेटिङ गरिएको छ। बैंक सिइओभन्दा भव्य टेबल कुर्सी रहेको अध्यक्षको कक्षसँगै दशजना अट्ने भिआइपी मिटिङ हल छ। कार्पेट र पर्दा रातो प्रयोग गरिएको कक्षमा पंखा राखिएका छैनन्। एसी जडान गरिएको छ। लोडसेडिङलाई सामना गर्न १६ केवी क्षमताको सोलार प्यानल जडान गरिएको छ। वैशाख १२ को भूकम्पले बल्खु स्थित केन्दीय कार्यालयन भवन क्षतिग्रस्त भएपछि धुम्बाराही सर्न लागेको एमाले मुख्यालयको केन्द्रीय कमिटी बैठक कक्ष टेबलरहित छ। टेबलमा टाउको राखेर केन्द्रीय सदस्य निदाउलान् भनेर सभा कक्षमा कुर्सी मात्र राखिएको हो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्