नेभिगेशन
अन्य

नेपाल प्रहरीमा १४२ जना डीएसपीको सरूवा

काठमाडौं । नेपाल प्रहरीले १४२ जना प्रहरी नायव उपरीक्षक डीएसपीको सरूवा गरेको छ। यसैगरी चार जना प्रहरी उपरीक्षकको सरुवा गरिएको छ भने हालै मात्र प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा बढुवा भएका तीन जनको पदस्थापन भएको छ । यस्तै साउन ८ गते प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा बढुवा भएका १५ जनाको पदस्थापन पनि गरिएको प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। प्रधानमन्त्री विशेष सुरक्षा इकाई बालुवाटारका अमरेन्द्रबहादुर सिंहलाई प्रधान कार्यालयको यूएन जगेडामा राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस्तै अख्तियार प्रहरी महाशाखाका डीएसपी कृष्णहरी शर्मा पोखरेललाई संखुवासभा प्रहरी कार्यालयमा सरूवा गरिएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्