नेभिगेशन
अन्य

महासङ्घलाई साझा संस्थाको चरित्र नगुमाउन ध्यानाकर्षण

काठमाडौँ । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घलाई आफ्नो साझा संस्थाको चरित्र नगुमाई पत्रकारका हकहितमा काम गर्न ध्यानाकर्षण गराएको छ । युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको नेतृत्वमा गएको टोलीले आज समाचार सङ्कलनका क्रममा सुरक्षाकर्मीबाट दुव्र्यवहारमा परेका र सोही घटनापछि जागिर गुमाएका पत्रकार सन्दीप योगीलाई न्याय दिलाउन महासङ्घले आवश्यक भूमिका निर्वाह नगरेको भनी असन्तुष्टि पोखे । अध्यक्ष सिग्देलले महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्ट स्वयम् समाचार प्रमुख रहेको सञ्चारमाध्यमका पत्रकारका विषयमा महासङ्घ केन्द्रीय कार्यालयमा आज भएको छलफलमा अध्यक्ष सिग्देलले सो घटनाका सम्बन्धमा महासङ्घले जारी गरेको विज्ञप्तिको भाषाप्रति आपत्ति जनाउँदै त्यसलाई सच्याउन गरे । उनले भने, “महासङ्घ सबैको साझा संस्था हो, छाता संस्थाले सञ्चारकर्मीमाथि अमर्यादित र धम्कीपूर्ण भाषाको प्रयोग गर्दै विज्ञप्ति जारी गर्नु महासङ्घको चरित्र विपरीत हो ।” युनियनले महासङ्घलाई पत्रकार योगीलाई इमेजमा यथाशीघ्र पुनःस्थापना गरी सम्मानपूर्वक काम गर्ने वातावरण निर्माणका लागि महासङ्घसहित अन्य संस्थालाई पहल गर्न माग गरेको छ । सो घटनापछि योगीमाथि अज्ञात व्यक्तिबाट भएको साङ्घातिक हमलाको भत्र्सना गर्दै युनियनले सुरक्षाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । सो अवसरमा अध्यक्ष डा विष्टले योगीको पुनःस्थापना र सम्मानपूर्वक काम गर्ने वातावरण निर्माणमा महासङ्घले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै महासङ्घ र युनियनबीचमा केही असमझदारी देखिएकामा त्यसमा सुधारका लागि आफूले आवश्यक भूमिका निर्वाह गर्ने बताए । समाचार सङ्कलनका क्रममा यही साउन ११ गते योगीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयअघि खटिएका प्रहरीले दुव्र्यवहार गरेका थिए । दुव्र्यवहारको समाचार इमेज ग्रुपअन्तर्गतका कुनै पनि सञ्चारमाध्यममा नआएकाप्रति युनियनले समाचार प्रमुखसमेत रहनुभएका डा विष्टको ध्यानाकर्षण गराएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्