नेभिगेशन
अन्य

अमेरिकी राजदूतमा अलाइना

काठमाडौं । अमेरिकाले नेपालका लागि अलाइना बि तेप्लिजलाई राजदुत पठाउने टुंगो लागाएको छ । अमेरिकी माथिल्लो सदन सिनेटको संसदीय सुनुवाईले उनको नाम बुधबार अनुमोदन गरेपछि ओबामा प्रशासनले तीन बर्षका लागि उनको नियुक्त गर्ने निश्चित गरेको छ । अमेरिकी विदेश मन्त्रालयले गरेको ट्विटमा उनको नियुक्तिको पुष्टी गरेको छ । बुधबार भएको सुनुवाईमा तेप्लिजको नेपालमा झै पाकिस्तान, श्रीलंका, किर्गिज रिपब्लिकमा पनि अमेरिकाले नयाँ राजदूत नियुक्तीको निश्चित भएको दक्षिण तथा मध्ये एसिया मामिला हेर्ने सहायक मन्त्री निशा विश्वलले आफ्नो ट्विटमा लेखेकी छन् । राष्ट्रपति बाराक ओबामाले उनको मनोनयन गत मार्च २८ मा गरेका थिए । वर्तमान राजदूत पिटर डब्लु बोडीको कार्यकाल सकिन लागेपछि उनलाई नेपाल पठाउन लागिएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्