नेभिगेशन
अन्य

राजधानीमा हैजा देखियो

काठमाडौं । राजधानीमा झाडापखालाको समस्याले अस्पताल भर्ना भएका ६ जनामा हैजा पाइएको छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएकाहरूमा हैजा देखिएको हो । यस पटकको हैजा तीन–चार वर्षयताकै कडा रहेको विशेषज्ञहरूको दाबी छ । अनियन्त्रित रूपमा चौलानीजस्तो पातलो दिसा हुने रोगलाई बोलचालको भाषामा झाडापखाला भनिन्छ । पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक जीवाणु देखियो भने त्यो हैजा हो । विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार हैजाको बेलामा उपचार भएन भने बिरामीको मृत्युसम्म हुन सक्छ । राजधानीमा डेढ दशकयता बर्सेनि वर्षायाममा हैजा देखिँदै आएको छ । टेकु अस्पतालमा झाडापखाला र हैजाका बिरामीको संख्या गत शनिबारदेखि बढदो छ । हाल दिनहुँ २५ जनासम्म झाडापखालाका बिरामी भर्ना हुने गरेका छन् । ‘अस्पताल भर्ना भएका ५ पुरुष र १ महिलामा हैजा देखिएको हो,’ टेकु अस्पतालका डा. राजेश साहले भने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्