नेभिगेशन
अन्य

संविधानमा सुझाव समावेश गर्नेमा फेरि नजिकिए दल

काठमाडौं । संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलनपछि उत्पन्न विवादमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहमतिनजिक पुगेका छन्। जनताका सुझाव समावेश गरेर परिमार्जित प्रतिवेदन तयार पार्ने जिम्मा पाएको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति भट्टराईले धेरै विषय मिलिसकेकाले बुधबारसम्म सबै विषय टुंग्याउने तयारी भएको बताए। ‘हामीले धेरै विषय टुंगो लगाएका छौं,’ भट्टराईले भने, ‘हामी मस्यौदाको धारा–धारामा प्रवेश गरेर विवाद समाधान गर्दै अघि बढेका छौं। केही कुरा छाडेर धेरै टुंगो लगाउँदै अघि बढेका छौं।’ अध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि संविधानसभाले आइतबारसम्म मात्रै समय दिएको बताउँदै समितिलाई छिटो प्रतिवेदन तयार पार्न दबाब दिएका छन्। नेम्वाङले मंगलबार पनि समितिका सचिव मुकुन्द शर्मालाई बोलाएर प्रतिवेदन छिटो तयार पार्न दबाब दिएका थिए। ‘संविधानसभाले तपार्इंहरूलाई दिएको समयसीमा पनि सकियो,’ नेम्वाङको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले अब संविधानसभाको बैठक बोलाउनुपर्ने हुन्छ।’ विशेष समिति सदस्यका सहयोगीका रूपमा रहेका नेताहरूको मंगलबार पनि बिहानदेखि बेलुका अबेरसम्म बैठक बसेको थियो। विशेष समितिका सदस्य एवं प्रमुख दलका शीर्ष नेतासँग बेलुका बसेको बैठकमा धेरै विषय टुंगो लागेको स्रोतले जानकारी दिएको छ। बेलुकाको बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेस महामन्त्री कृष्ण सिटौला र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सहभागी थिए। नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्