नेभिगेशन
अन्य

संविधानमा भारतको कुनै आग्रह पुर्वाग्रह पाइन् : देउवा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पाँच दिने भारत भ्रमण सकेर आज स्वदेश फिर्ता भएका छन् । देउवाले भारत सरकार र त्यहाँका राजनीतिक दल अधिकतम दलहरुको सहमतिमा संविधान छिटो बनोस भन्नेमा रहेको बताए । पाँच दिने भारत बसाइपछि सोमबार स्वदेश फर्केका पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस वरिष्ठ नेता देउवाले त्रिभुवन विमानस्थलमा अधिकतम दलहरुको सहमतिमा नै नयाँ संविधान जारी हुने बताए । उनले भने–‘अधिकतम सहमतिको प्रयास हुन्छ ।’ नेता देउवाले भारत सरकार र त्यहाँका राजनीतिक दलको चाहना अधिकतम दलहरुको सहमतिमा छिटो संविधान जारी होस् भन्ने रहेको बताए । उनले बढीभन्दा बढी दलहरुलाई सन्तुष्ट बनाएर नै संविधान बनोस् भन्ने भारतको चाहना रहेको आफुले पाएको समेत बताए । भारत सरकार भारतीय जनता नेपालमा छिटो संविधान निर्माण होस् र राजनीतिक स्थीरता कायम होस् भन्ने पक्षमा रहेको बताउँदै देउवाले भने, ‘यो वा त्यो त्यो हुनुपर्छ भन्ने कुनै आग्रह पूर्वाग्रह छैन ।’ पूर्वप्रधानमन्त्री समेत रहेको नेता देउावले नेपालमा कुन धर्म वा संस्कृति मान्ने भन्ने कुरा नेपाली जनताले नै निर्णय गर्ने विषय भएको बताउँदै भारत सरकार नेपाल हिन्दु राष्ट्र होस् भन्ने भारत रहेको स्पष्ट पारे । भारत सरकार होइन त्यहाँका धार्मिक संगठनहरु हिन्दु राष्ट्र होस् भन्ने पक्षमा भएको देउवाको भनाई थियो । सीमांकनसहितको संविधान जारी होस् भन्ने आफ्नो पनि चाहना रहेको सुनाउँदै देउवाले दलीय बैठकमा छलफल गर्ने बताए । वैशाख १२ गतेको भूकम्पपछि भारत सरकारले राहत र उद्धारमा गरेको सहयोग प्रसंशा गर्दै देउवाले पुनर्निमाणमा पनि भारतले निरन्तर सहयोग गर्ने आश्वासन दिएको जानकारी दिए । पार्टीको १३ औं महाधिवेशनको कार्यतालिका पटक पटक हेरफेर भइरहेका बेलामा वरिष्ठ नेता देउवाले पार्टीको १३ औ महाधिवेशन सार्न नहुने बताएका छन् । उनले पार्टी विधान र अन्तरिम संविधान अनुसार पनि सार्न नमिल्ने स्पष्ट पारे । देउवाले तल्लो तहको अधिवेशन सरेर केही फरक नपर्ने भन्दै तर महाधिवेशन अब सार्ने ठाउँ नभएको स्पष्ट पारे । भरत सरकारको निमन्त्रणमा देउवा बुधबार श्रीमती आरजुका साथ नयाँ दिल्ली प्रस्थान गरेका थिए । पाँच दिने दिल्ली बसाइका क्रममा उनले भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्रीसहित उच्च राजनीतिक नेतृत्वसँग भेटेका थिए भने भारतको उत्तराखण्डको पनि भ्रमण गरेका थिए । यसअघि नेपाल कम्युनिष्ट पार्टी एमाओवादी अध्यक्ष एबं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले भारत भ्रमण गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्