काठमाडौं । नेपाल रेडक्रम सोसाइटीका सभापति र महामन्त्रीले एउटै साधारणसभाका दुईओटा निर्णय पुस्तिका बनाई प्रमाणित गरेर नीतिगत रुपमा नै भ्रष्टाचार गर्ने गरेको पाइएको छ । सार्वजनिक गर्ने निर्णय पुस्तिकामा वार्षिक साधारणसभामा छलफल भएर निर्णय भएका एजेन्डा राखि प्रमाणित गर्ने , कार्यालय प्रयोजनका लागि साधारण सभाले पास गरेका भन्दा फरक आसय बनाई आफूखुसी निर्णय लेखी छुट्टै निर्णय पुस्तिकामा सही गरी प्रमाणित गर्ने पाइएको हो । रेडक्रस महामन्त्रीमा विगत २५ वर्षदेखि देवरत्न धाख्वा छन् भने संजिव थापा सभापति हुन् । थापा यसअघि ३ कार्यकाल कोषाध्यक्ष थिए । राजधानी दैनिकमा समाचार छ ।