नेभिगेशन
अन्य

नेपाल–चीन सम्बन्धका आधार पञ्चशीलका सिद्धान्त : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्तित्वमा निहित रहेको बताउँदै ‘एक चीन नीति’ प्रति नेपाल अडिग रहेको बताएका छन् । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपाली भूमिमा आफ्ना छिमेकीविरुद्ध कुनै गतिविधि हुन नदिने दृढता व्यक्त गरे । प्रधानमन्त्री कोइरालाले नेपाल र चीन आदर्शवान् छिमेकीका रुपमा रहेका तथा साझा चासोका विषयमा निकट रहेर क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्दै आएका बताए । उनले चीन नेपालको विश्वसनीय छिमेकी, अन्तरङ्ग मित्र र भरपर्दो विकासको साझेदार रहेको बताउँदै एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ भन्नुहुँदै आफ्ना छिमेकीका विरुद्ध आफ्नो भूमिमा कुनै पनि गतिविधि हुन नदिने दृढता व्यक्त गरे । बितेका छ दशकमा नेपाल र चीनले आधारभूत परिवर्तन महसुस गरेका तथा नेपालले ऐतिहासिक राजनीतिक परिवर्तन व्यहोरोको बताउँदै उनले नेपालको अहिलेको प्रमुख काम प्रजातान्त्रिक उपलब्धिलाई संस्थागत गर्नु तथा संविधानसभाबाटै संविधान जारी गर्नुपर्ने स्पष्ट पारे । राष्ट्रिय एकता र मेलमिलापको भावनाप्रति नेपालका राजनीतिक दलले उदाहरणीय प्रतिबद्धता जाहेर गरेका बताउँदै प्रधानमन्त्री कोइरालाले यसबाट संविधान लेखनको प्रक्रिया सबल भएको उल्लेख गर्नुभयो । संविधान जारी हुने वित्तिकै सङ्क्रमणकालको अन्त्य भई त्यसबाटै शान्ति, स्थायित्व र प्रजातन्त्रको संस्थागत विकास र आर्थिक उन्नयनको मार्ग प्रशस्त हुने प्रधामन्त्रीले बताए । चीनको रुपान्तरण सफलताको गाथाका रुपमा मानव इतिहासमा रहेको भन्दै प्रधानमन्त्रीले शान्तिपूर्ण विकासको चिनियाँ नीतिले विश्व शान्ति, सुरक्षा र समृद्धिका निम्ति योगदान पुगेको बताए । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता रक्षाका लागि चीनले निरन्तर सहयोग गरिरहेको बताउँदै उहाँले नेपालले एक चीन नीतिप्रति अडिग प्रतिबद्धता जाहेर गरेको उल्लेख गरे । उनले नेपाली भूमिमा चीन विरुद्धका गतिविधि हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे । दुवै मुलुकका विदेश नीतिका आधारभूत तत्व पञ्चशीलका सिद्धान्तबाट निर्धारित रहेका बताउँदै सूचना तथा सञ्चारमन्त्रीले नेपालको आन्तरिक मामिलामा चीनले अवलम्बन गरेको असंलग्नताको नीतिको सराहना गरे । विभिन्न तहमा भएका उच्चस्तरीय भ्रमणबाट दुई देशबीच राजनीतिक समझदारी कायम गर्न मद्दत पुगेको चर्चा गर्दै उहाँले समस्यारहित नेपाल–चीन सम्बन्ध अद्वितीय रहेको बताए । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले बहुआयामिक नेपाल–चीन सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै नेपालको सामाजिक–आर्थिक विकासमा चीनबाट निरन्तर सहयोग एवम् समर्थन प्राप्त भइरहेको बताए । नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइले चीन र नेपालबीचको विस्तृत सहयोगात्मक साझेदारीलाई थप उचाइमा पु¥याउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै चीन र नेपालले मिलेर पारस्परिक लाभका विविध क्षेत्रमा काम गर्न सक्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्