नेभिगेशन
अन्य

२० गाडी तोडफोड, २ सयभन्दा बढी पक्राउ, विप्लव भने दुवई कतार भ्रमणमा

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले शुक्रबार आह्वान गरेको बन्दका क्रममा बन्दकर्ताहरुले देशका विभिन्न स्थानमा २० वटा सवारी साधनमा तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। तोडफोडमा संलग्न पुरुष १९७ र महिला ५ जना गरी २ सय २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ४ जनालाई छानबिनपछि रिहा गरिएको छ। तर पार्टी महासचिव नेत्रबिक्रम चन्द भने बन्द घोषणा गरेर दुवई कतार भ्रमणमा पुगेका छन् । बन्दकर्ताले काठमाडौँको बालाजुमा ना ३ ख ४४३५ नम्वरको दुग्ध विकास संस्थानको दूधको गाडी, कमलादीमा बा १ ज ४३६७ नम्बरको गाडी, नेपालटारमा बा १० च ६६४०, बसुन्धारामा बा ५ ख ८२५१, बौद्धमा बा १ ज ५२५५ नम्बरको सवारी साधन तोडफोड गरेका छन्। त्यस्तै ललितपुरको पुल्चोकमा बा १ ज ५८३६, बा १ ज ७३२२ र प्रयागपोखरीमा बा ३ ख ११०८ नम्बरको गाडीमा तोडफोड गरी क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। चितवनको भरतपुर उपमहानगरपालिका–११ मा ना ३ ख ७५११ र बा १ ख ६०८५ नम्वरको ट्रकमा ढुंगा प्रहार गरी सिसा फुटाइएको छ। त्यस्तै काभ्रेको भुम्लुटार–६ स्थित काभ्रे र सिन्धुपाल्चोकको सिमाना अरनिको राजमार्गमा बा।१२ च ९५०२ नम्वरको मारुती भ्यान तोडफोड गरी क्षति पुर्‍याएका छन्। धादिङको नलाङमा बा १० प १८४५, धादिङको सुगुरेखोलामा ना ४ ख ३६२२ नम्वरको सवारी साधनमा आगजनी गरी क्षति पुर्‍याएका छन्। मकवानपुरको हेटौडा उपमहानगरपालिकामा बा ३ ख १९२५ नम्वरको सवारी साधन तोडफोड गरी क्षति पुर्‍याएका छन्। रुपन्देही खेरहनीमा बा।४ ख १९० नम्वरको सवारी साधन तोडफोड गरेका छन्। बाँकेको नेपालगंज उपमहानगरपालिका–१९ स्थित स्नेह होटल अगाडि सिमान्त इन्टर कलेजको युपि ४० टि ०७६३ नम्बरको म्याजिक भ्यान विद्यार्थी लिन आउने क्रममा बन्दकर्ताहरुले एक्कासी भ्यानमा आगो लगाउँदा जलेर क्षति भएको छ भने कुसुममा ना ५ ख ५०१४ नम्बरको ट्रकमा आगजनी गरी क्षति पुर्‍याएका छन्। नेपालगंज बसपार्कमा भे १ ख ८०९र भे १ ख ८५८ नम्वरको बसमा अगाजनी गरेर क्षति पुर्‍याइएको छ। कंचनपुरको भिमदत्त नगरपालिका–४ चमनचोकमा बन्दकर्ताहरुले म १ ह ४६ नम्वरको टेम्पोमा ढुंगा प्रहार गरी अगाडिको सिसा फुटाई क्षति पुर्‍याएका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्