नेभिगेशन
अन्य

राष्ट्र बैंकले मौद्रीक नीति सार्वजनिक गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आथिर्क वर्ष २०७२/७३ का लागि बिहीबार नयाँ मौद्रीक नीति सार्वजनिक गर्न लागेको छ । केन्द्रीय बैंकले बिहीबार नयाँ आथिर्क वर्षका लागि मौद्रीक नीति सार्वजनिक गर्ने तयारी गरेको हो । नयाँ गभर्नरका रुपमा केन्द्रीय बैंकको नेतृत्व सम्हालेका चिरञ्जिवी नेपालको यो पहिलो मौद्रिक नीति हो। एक अधिकारीका अनुसार अधिक तरलताको समस्याले केन्द्रीय बैंकले यस आर्थिक वर्षका लागि मौद्रीक नीतिमा केही कसिलो बनाइएको छ। ‘केन्द्रीय बैंकले वैधानीक तरलता अनुपात एसएलआर एक प्रतिशत बिन्दुले वृद्धि गर्ने र अनिवार्य नगद मौज्दात अनुपात सीआरआर ०.५ प्रतिशत बिन्दुले बढाउने छ,’ ती अधिकारीले भने । हाल वाणिज्य बैंकहरुको एसएलआर १२ प्रतिशत र सीआरआर ६ प्रतिशत रहेको छ । उक्त मौद्रीक नीति आएपछि एसएलआर १३ प्रतिशत र सीआरआर ६ दशमलव ५ प्रतिशतमा पुग्ने छ। यसका लागि बैंकहरुले आफ्नो अतिरिक्त्त नगद राष्ट्रबैकमा रिजर्ब गर्नुपर्ने छ । यसले बैंकहरुको ऋण प्रवाहको क्षमतामा कमी ल्याउन सक्ने भएता पनि हालकै अवस्थामा बैंकहरूसँग पर्याप्त तरलता रहेकोले त्यो समस्या नआउने विश्लेषण गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्