नेभिगेशन
अन्य

भृकुटीमण्डप केन्द्र बनाएर ४ दशमलव ६ को धक्का

काठमाडौं । काठमाडौंको भृकुटीमण्डव र टुकुचा नदीको बीचलाई केन्द्रविन्दु बनाएर गएराति ४. ६ रेक्टरस्केल म्याग्नेच्यूटको भूकम्पको पराकम्प गएको छ । राति १० बजे १४ मीनेटमा गएको भूकम्प ४. ६ रेक्टरस्केल म्याग्नेच्यूटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।काठमाडौंको मूख्य स्थानलाई केन्द्र विन्दु बनाएर पराकम्प गएपनि राष्ट्रिय भूकम्प मापन केन्द्रले यसको केन्द्रविन्दु सिन्धुपाल्चोक रहेको जनाएको थियो । पछि विवरण सच्याउँदै केन्द्रले पराकम्पको केन्द्रविन्दु भृकुटीमण्डव र टुकुचा नदीको बीच रहेको नक्सा सार्वजनिक गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्