नेभिगेशन
अन्य

धनुषामा जनमत संकलन कार्य अनिश्चितकाल स्थगित

जनकपुर । असन्तुष्ट मधेशी दलहरुको बिरोधका कार्यक्रम चर्काएपछि धनुषामा संविधानको पहिलो मस्यौदामाथि जनमत संकलन अनिश्चित कालका लागि स्थगित गरिएको छ । जनमत संकलनको पहिलो दिन सोमबारबाटै तनावग्रस्त बनेको जनकपुर क्षेत्रमा मंगलबार पनि प्रदर्शनकारी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको छ । आन्दोलनका कारण सभासदहरु गाउँ गाउँ जाने तथा सर्वसाधारण सुझाव संकलन केन्द्रमा आउनसक्ने अवस्था नरहेपछि सर्वदलीय बैठक बसेर जनमत संकलनको काम स्थगित गर्ने निर्णय गरिएको सभासद रामसिंह यादवले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्