नेभिगेशन
अन्य

प्रधानमन्त्री सुझाव संकलनका लागि आफ्नो निर्वाचन क्षेत्रमा जाँदै

काठमाडौं । संविधानको मस्यौदामा सुझाव संकलनका प्रधानमन्त्री सुशील कोइराला आफ्नै निर्वाचन क्षेत्रमा जानेभएका छन् । प्रधानमन्त्री, उपप्रधानमन्त्री, संविधानसभा अध्यक्ष र उपाध्यक्षलाई भने संविधानसभा सचिवालयले सुझाव संकलनका लागि खटाएको थिएन् । बाँके जिल्लाको क्षेत्र नं ३ स्थित भेरी प्राविधिक शिक्षालयमा प्रधानजमन्त्री सुशील कोइराला सोमबार बिहान ११ बजे सुझाव संकलन समारोहमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार बाँकेमा सुझाव संकलनका लागि प्रधानमन्त्री कोइराला आज उतै बास बस्ने र मंगलबार मात्रै राजधानी र्फकने कार्यक्रम तय भएको छ । सरकारले सुझाव संकलन अभियानका लागि सोमबार र मंगलबार दुई दिन सरकारी विदा घोषणा गरेर देशभरि एकैसाथ सुझाव संकलन गरिरहेको छ । संविधानको मस्यौदाप्रति असन्तुष्टि राख्दै आएका मधेसवादी दलले जनकपुरलगायतका क्षेत्रमा अवरोध पुर्‍याए पनि अन्यत्र शान्तिपूर्णरुपमा कार्यक्रमको तयारी भइरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्