नेभिगेशन
अन्य

लगानीकर्ता विकर्षित हुने अवस्था नहोस् : प्रम कोइराला

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा आएका लगानीकर्ताहरु विकर्षित हुने अवस्था उत्पन्न हुन दिन नहुने बताएका छन् । उनले सो कुरा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको बुटबल पावर कम्पनीका प्रतिनिधिहरुसंग बताएका हुन् । सो अवसरमा कम्पनीका अध्यक्ष पद्यज्योतिले आँधी खोला,झिम्रुक र खुदी जस्ता जलविद्युत आयोजना निर्माण गरी सफलतापूर्वक सम्पन्न गरेको कम्पनीले विश्व बैंक समूहको समेत लगानीमा निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको काबेली जलविद्युत आयोजनाका सम्बन्धमा सरकारी तबरबाट केही निर्णय लिन भएको बिलम्बले लगानीकर्ताहरु थाकेको बताएका थिए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले लगानीकर्ताले अधिक सरोकार राख्दै आएको पीटीए र पीडिए जस्ता संझौता सम्पन्न भएपछि पनि यस क्षेत्रले अपेक्षित गति लिन नसकेकोमा असन्तुष्टी प्रकट गरेका थिए । ‘केही बाधा भए स्पष्ट भन्नुहोला’, प्रधानमन्त्री कोइरालाले भने, ‘कहीं कसैले बदमासी गरेको भए दण्ड सजाँय हुनेछ ।” सो अवसरमा प्रधानमन्त्रीले नेपालको प्रशासनको ढिलासुस्ती प्रति तीव्र असन्तुष्टी जनाउदै भन्नुभयो,“ जहाँ पनि पैसा खानै खोज्ने, कति नपुगेको होला ?’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्