नेभिगेशन
अन्य

नेपाल विश्वकपको दौडबाट लगभग बाहिरियो

काठमाडौं । विश्वकप ट्वान्टी ट्वान्टी छनोटमा कमजोर प्रदर्शन गरेको नेपालआगामी वर्ष हुने भारतमा हुने विश्व ट्वान्टी–२० प्रतियोगिताको दौडबाट लगभग बाहिरिएको छ। कमजोर प्रदर्शन जारी राखेको नेपालले शुक्रबार पिएनजीसँग ८ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। ९४ रनको झिनो लक्ष्य पछ्याएको पिएनजीले १४।१ ओभरमा २ विकेट गुमाउँदै ९९ रन बनायो। नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले १–१ विकेट लिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्