नेभिगेशन
अन्य

एमाओवादी अध्यक्ष दाहाल भेटघाटमा व्यस्त

काठमाडौँ । साताव्यापी भारतको भ्रमणमा रहेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल भेटघाटमा व्यस्त रहृका छन् । उनले भारतीय विदेशमन्त्री सुस्मा स्वराज, विदेश सचिव डा.एस जयशङ्करसँग छुट्टाछुट्टै भेट गरेका छन् । भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध सुदृढ बनाई नयाँ आयाम दिने विषयमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए । भेटमा नेपालको वर्तमान राजनीतिक अवस्थाका बारेमा र संविधान निर्माणको प्रक्रियाका अन्तिम अवस्थामा पुगेको र १२ बुँदे सहमति बनाउन भारतले सहयोगी भूमिका खेलेको प्रसङ्ग उहाँले उल्लेख गर्नुभएको थियो । अब शान्ति प्रक्रियाका केही काम सकिएको र संविधान निर्माण बारेमा अधिकतम् सहमतिमा घोषणा गर्ने बारेमा अध्यक्ष दाहालले कुरा राखेका थिए । सो अवसरमा भारतीय विदेश मन्त्री स्वराजले संविधान निर्माणको पक्षमा भारत सधैँ सकारात्मक रहेको बताएकी थिइन् । सो अवसरमा उनीहरुका लिपुलेकका बारेमा पुराना ऐतिहासिक दस्तावेजको अध्ययन गरी वास्तविकता बुझेर समीक्षा गरी समाधान गर्ने विषयमा पनि कुरा भएको छ । त्यस्तै अध्यक्ष दाहालले भारतमा बस्ने नेपालीले नेपालमा टेलिफोन गर्दा महङ्गो शुल्क लाग्ने, बैंक खाता खोल्न परेका समस्या, द्वन्द्वकालमा सामाजिक सङ्घसंस्थामाथि लगाइएका प्रतिबन्ध फुकाउने बारेमा पनि छलफल गरे । नेपालमा रोजगार विकास गर्ने खालका उद्योग धन्दा खोल्न र भौतिक संरचना निर्माणका सहयोग गर्न अनुरोध गरे । यस्तै अध्यक्ष दाहाल र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायबीच पनि कुराकानी भएको छ । उनी मङ्लबार भारत प्रस्थान गरेका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्