नेभिगेशन
अन्य

आयरल्याण्डसँग नेपालको लज्जास्पद हार

काठमाडौं । नेपाललाई ८ विकेटले हराउँदै आयरल्याण्डले सोमबार सनसनी मच्चाएको छ। उत्तरी आयरल्याण्डमा भएको खेलमा नेपालले पहिले ब्याटिङ गरेर दिएको ५३ रनको झिनो लक्ष्य घरेलु टोलीले एक विकेट गुमाएर ८ ओभरमा पुरा गर्‍यो। आयरल्याण्डका लागि पाउल स्ट्रिलिङले सर्वाधिक २९ रन बनाए। यस्तै विलियम पोर्टफिल्टले १८ रन बनाए।नेपालका लागि सोमपाल कामीले २ विकेट लिए। यसअघि खराब प्रदर्शन गर्दै नेपाल १४।३ ओभर खेल्दै ५३ रनमा अलआउट भएको थियो। आयरल्याण्डमा जारी आइसिसि विश्व २०–२० छनोट खेलको आफ्नो तेस्रो खेलमा कमजोर प्रदर्शन गरेको छ। १४ ।३ ओभर खेल्दै नेपालले ५३ रन मात्र बनाउन सक्यो। नेपालका लागि सागर पुनले सर्वाधिक २० रन बनाए। यस्तै पारस खड्काले १० रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्समेनले दोहोरो रनको स्कोर बनाउन सकेनन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्