नेभिगेशन
अन्य

संविधानको पहिलो मस्यौदामा सञ्चारमाध्यममाथि नियन्त्रण गर्ने प्रयास भएको युनियनको ठहर

काठमाडौं । नेपाल प्रेस युनियनले संविधानको प्रारम्भिक मस्यौदाको धारा २२ को उपधारा २ मा ऐन बनाएर विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउन सक्ने प्रतिबन्धात्मक व्यवस्था संशोधन गर्न संविधानसभाको ध्यानाकर्षण गराएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्पन्न युनियन केन्द्रीय समितिको दोस्रो बैठकका निर्णय सार्वजनिक गर्दै युनियनले प्रस्तावित मस्यौदामा झुटो समाचार लेखेको आधारमा सञ्चारमाध्यममा बन्देज लगाउनु स्वतन्त्र प्रेसको अवधारणा विपरीत हुने स्पष्ट पारेको छ ।युनियनका अध्यक्ष बद्री सिग्देलको सभापतित्वमा सम्पन्न बैठकले सरकारको नीति तथा कार्यक्रममा उल्लेखित आचारसंहिता संशोधन गर्ने भन्ने वाक्यांशप्रति युनियनले ध्यानाकर्षण भएको जनाउँदै त्यस सम्बन्धमा प्रेस काउन्सिल नेपालले सरकारलाई उचित सुझाव दिन नसकेको ठहर गरेको छ । युनियनका महासचिव अजयबाबु सिवाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ–हाम्रो पटक–पटकको दबाबपछि न्यूनतम् पारिश्रमिक निर्धारण समितिले गरेको नयाँ पारिश्रमिकको सिफारिसप्रति खुसी व्यक्त गर्दर्छौ । नयाँ मापदण्ड लागू गरी उक्त सिफारिस कार्यान्वयन गर्न युनियन सरकारसंग जोडदार माग गर्दछ । नेपाल पत्रकार महासंघका संस्थापक सभापति एवम् पूर्व प्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईका नाममा राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान यथाशक्य गठन गर्न युनियनले सरकारसंग माग गरेको छ । भूकम्प पीडित जिल्लामा युनियनका सदस्यको एक वर्षको नवीकरण शुल्क मिनाहा गर्ने निर्णय गर्दैै बैठकले पत्रकार महासंघलाई समेत एक वर्षको नवीकरण शुल्क मिनाहा गर्न आग्रह गरेको छ । युनियनले संसदीय पत्रकारितामा क्रियाशील सञ्चारकर्मीको संस्था ‘संसदीय मामिला पत्रकार समाज’को विशेष भेलाप्रति आपत्ति प्रकट गरेको छ । समाजमा क्रियाशील २ सय ९ सदस्यमध्ये १ सय ४६ जनालाई पत्तै नदिई गरिएको भनिएको विशेष भेलाको वैधानिकता नहुने धारणा व्यक्त गरेको छ । उपचाररत युनियनका सचिव सूर्यकुमार क्षेत्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सचिव दीपा आले र केन्द्ररीय पार्सद् याम प्रधानको स्वास्थ्योपचारमा सहयोग गर्न पहल गर्ने निर्णय गरेको छ । बैठकले अध्यक्ष सिग्देलको नेतृत्वमा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, वरिष्ठ उपाध्यक्ष दीपक आचार्यको नेतृत्वमा अनुशासन, उपाध्यक्षहरु ईश्वरी ओझाको नेतृत्वमा प्रशिक्षण, रमेश पौडेलको नेतृत्वमा आचारसंहिता तथा अनुगमन, बाला अधिकारीको नेतृत्वमा महिला, विजय सन्तोषी राईको नेतृत्वमा आदिवासी÷जनजाति, महासचिव सिवाकोटीको नेतृत्वमा सङगठन विभाग गठन गरेको छ । यस्तै उपमहासचिवद्वय प्रेम केसीको नेतृत्वमा सञ्चार संस्था समन्वय, भीष्मराज ओझाको नेतृत्वमा मिडिया अनुगमन, सचिवहरु खिला कार्कीको नेतृत्वमा प्रचार, सूर्यकुमार क्षेत्रीको नेतृत्वमा सम्पादन, दीपा आलेको नेतृत्वमा सचिवालय व्यवस्थापन, केवी रानाको नेतृत्वमा अतिरिक्त क्रियाकलाप, कोषाध्यक्ष सरोज अधिकारीको नेतृत्वमा आथिर्कलगायत विभाग गठन गरेको छ । बैठकअघि युनियनलाई थप गतिशील बनाउन तथा समसामयिक पेशागत तथा अन्य मुद्दामा सुझाव लिन युनियनका पूर्व केन्द्रीय सभापति र पत्रकार महासंका पूर्व सभापतिबीच छलफल भएको थियो । कार्यक्रममा महासंका पूर्व केन्द्रीय सभापतिहरु हरिहर विरही, किशोर नेपाल, सुरेश आर्चाय, विष्णुु निष्ठुरी र युनियनका पूर्व केन्द्रीय अध्यक्षहरु रमेश तुफान, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मालगायतले प्रेस युनियनको ट्रेड युनियनको आर्दश, मूल्य मान्यतामा सम्झौता गर्न नमिल्ने धारणाँ राख्दै युनियनको पेसागत उचाई थप बढाउन सल्लाह दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्