नेभिगेशन
अन्य

सीमांकनसहितको संविधान आओस् भन्ने राष्ट्रपतिको चाहना

काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले आफू पनि प्रदेशहरुको सीमांकनसहितको संविधान आओस् भन्ने पक्षमा रहेको बताएका छन् । संविधानको पहिलो मस्यौदाप्रति असन्तुष्ट पद्मरत्न तुलाधर, ओम गुरुङ, विजयकान्त कर्ण लगायत राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । भेटमा उनीहरुले सर्वोच्च अदालतको आदेशको सम्मान हुनु पर्ने र सीमांकनसहितको संविधान आउनु पर्नेमा जोड दिएका छन् । जवाफमा राष्ट्रपतिले आफू चार दलका नेताहरुलाई बोलाएर लिखित रुपमा सीमांकन गरेर जान सुझाव दिएको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्