काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौंडेलले आज प्रदेशको संभभीयताको खाका आफूलाई नपचेको बताएका छन् । संविधानसभामा आइतबार छलफलमा भाग लिदै पौंडेलले ६ प्रदेश नेपालको अवस्थाका लागि एकदमै उपयुक्त हुने बताए । ‘सबैले सहमतिमा र्संविधान जारी गर्ने भन्दै आएकाले अधिकतम सहमतिका आधारमा संविधान मस्यदा निर्माण गरिएको छ’ पौंडेलले भने, ‘हामीले सर्बोच्च अदालतको आदेशको अपहेलना नगरेर अधिकार क्षेत्रको विषय मात्र उठाएका हौं ।’ उनले संघीयताका सम्बन्धमा कांग्रेसले पटक पटक सिमांकनसहितका प्रस्ताव ल्याउँदा संघीयता विरोधी भनिएको भन्दै त्यसलाई नमानेकै कारण अहिले गलत संघीयताको मोडल आएको बताए । ‘यो अहिले ल्याइएको आठ प्रद्ेश म आफैले पचाउन सकिरहेको छैन’ उनले भने, ‘६ प्रदेशमा संविधान जारी गरौं, सिमांकनसहित अघि जान सकिन्छ, जाति जातिलाई राज्य बाडेर संघीयता आउदैन ।’
उनले समझदारीका क्रममा केही असावधानी भएका हुन सक्ने भन्दै त्यस्ता कमजोरी सच्याउन हिचकिचाउन नहुने बताए । उनले संबैधानिक संवाद समितिमा गएर थप सुधार गर्न सकिने भन्दै अब थप मिलाउन त्यहा लैजान प्रस्ताव गरे । उनले धर्म निरपेक्षाताले नेपालमा कन्फ्युजन सृजना गरेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताए । ‘जहाँसम्म धर्मनिरपेक्षताको कुरा छ, यसले नकारात्मक अर्थ श्रीजना भएको छ’ उनले भने, ‘त्यसैले त्यसको विकल्पमा स्पष्ट गर्न धार्मिक स्वतन्त्रता शब्द प्रयोग गरौं ।’