नेभिगेशन
अन्य

साउन १५ भित्र नयाँ संविधान जारी गर्न नेम्वाङ्गको प्रस्ताव

काठमाडौ. । संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्गले साउन १५ भित्र नयाँ संविधान जारी गर्न दलहरुसँग प्रस्ताव गरेका छन । मस्यौदामाथि संविधानसभामा छलफल प्रारम्भ भईसक्दा पनि कहिले जारी गर्ने भन्नेमा दलहरुबीच सहमति नजुटिरहेका बेला सभाध्यक्ष नेम्वाङले यस्तो प्रस्ताव गरेका हुन । ‘मले साउन १५ भित्र संविधान जारी गरौ भनेर नेताहरुसँग प्रस्ताव गरेको छु,’ नेम्वाङ्गले भने, ‘साउन १५ भित्र संविधान जारी गर्न सकिन्छ, सक्नुपर्छ भनेको छु ।’ मस्यौदामाथि राय सुझावका लागि जाने वा नजाने, जाने भए कति दिन छुट्याउने भन्ने विषयमा दलहरुबीच सहमति जुटन बांकी रहेकाले संविधान जारी गर्ने मिति पनि किटान हुन नसकेको संसद सचिवालय स्रोतले बतायो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्