नेभिगेशन
अन्य

मधेशी दलले मस्यौदा पढ्न ७ दिन मागेपछि संविधानसभाको बैठक बस्न सकेन

काठमाडौ । नयाँ संविधानको मस्यौदा माथि सैद्धान्तिक छलफल गर्न बिहिबार बिहान ११ बजे बस्ने भनिएको संविधान सभाको बैठक अझै सुरु हुन सकेको छैन । बैठक नियमावली सम्बन्धी विवाद सुल्झाउन नसक्दा बैठक बस्न नसकेको हो । सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्ण लगायतले मस्यौदा अध्ययन गर्न पुरै सात दिनकै समयको माग गरेपछि बैठक बस्न नसकेको हो । उक्त विवादहरू सुल्झाउन केही समयमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्