नेभिगेशन
अन्य

मस्यौदामा बहुलबाद शब्द हटाएकोमा कांग्रेस सभासदहरुको आपत्ति

काठमाडौं । कांग्रेसका अधिकांश सभासद्हरुले संविधानको प्रारम्भिक मस्यौदाको प्रस्तावनाबाट बहुलबाद शब्द हटाएकोमा आपत्ति जनाएका छन । कांग्रेस संसदीय दलको आज बिहान बसेको बैठकमा बोल्ने धेरैजसो सभासदले बहुलबाद शब्द हटाईएको प्रति नेतृत्वको आलोचना गरेका छन् । उनीहरुले कम्युनिष्टहरुको लहैलहैमा लागेर पार्टी नेतृत्वले आत्मसमर्पण गरेको आरोप लगाए । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले बहुलबाद शब्द हटाउने भूमिका खेल्ने नेतृत्वले वीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाका नाम लिन समेत नहुने बताए । मधेस केन्द्रित दलका नेताहरुले स्वतन्त्र अदालतको रक्षाकवच बन्ने पार्टीले अदालतको आदेश नमान्नु दुस्खद भएको बताए । उनीहरुले सर्वोच्वको आदेशलाई बेवास्ता गरेर जान नहुने भन्दै संघीयताको नाम, सिमाकंनसहित संविधान जारी गर्नुपर्नेमा जोड दिएका थिए । नेता विमलेन्द्र निधीले अदालतको आदेश अनुसार संघीयताको नाम र सीमा समेत संविधानसभाले टुग्याउनु पर्ने बताए । त्यस्तै भनाई अर्का सभासद अमरेशकुमार सिंहको थियो । दलको बैठक शुक्रबार बिहान पनि बस्ने भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्