नेभिगेशन
अन्य

अन्तत महासंघको अध्यक्षमा भाष्करको उमेदवारी फिर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रिक्त रहेको अध्यक्ष पदका लागि उम्मेद्धारी दिएका भाष्करराज कणिर्कारले आफ्नो उम्मेद्धारी फिर्ता लिएका छन् । १८ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेद्धारी दिएका भाष्करले मंगलबार साँझ राजधानीको रोयल ब्यांकेटमा पत्रकार सम्मेलन गरी कार्यबाहक अध्यक्ष पशुपति मुरारकालाई सर्वसहमतिमा अध्यक्ष बनाउन आफूले उम्मेद्धारी फिर्ता लिएको बताए । ‘मुरारकाजीलाई सर्वसम्मत अध्यक्ष बनाउनका लागि मैले उम्मेद्वारी फिर्ता गरेको हुँ । अध्यक्षका लागि प्रत्यासी भवानीजीले पनि उम्मेद्धारी फिर्ता गर्नु हुनेछ भन्ने मेरो विश्वास छ’ उनले भने । व्यवसायीहरुका अनुसार बुधबार भवानीले पनि उम्मेद्धारी फिर्ता गरेको घोषणा गर्नेछिन् । राणालाई बरिष्ठ उपाध्यक्षमा राख्ने सहमति भएको एक व्यवसायीले अनलाइनखबरलाई जानकारी दिए । अध्यक्षका प्रत्यासीहरुले उम्मेद्धारी फिर्ता गरेपछि मुरारका सर्वसम्मत अध्यक्ष हुने भएका छन् । उनले २१ महिना महासंघको नेतृत्व गर्न पाउने छन । यसअघि मुरारका निवर्तमा अध्यक्ष प्रदिपजंग पाण्डे समूहबाट १५ महिनाअघि बरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए भने भाष्करले अध्यक्षमा हारे पनि उनकै समुहकी भवानी भने उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । समग्र निजी क्षेत्रको छवि माथि पुर्याउन भन्दै महासंघका नौ पूर्वहध्यक्षहरुले सहमतिमा नयाँ नेतृत्व चयन गर्ने घोषण गरी पहल थालेका थिए । पूर्वहध्यक्षहरु महेश्वरलाल प्रधान, पद्य ज्योति, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, चण्डीराज ढकाल, कुशकुमार जोशी, सुरज वैद्य, आनन्दराज मुल्मी र विनोदबहादुर श्रेष्ठले सर्वसम्मत नेतृत्व चयन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । करिव १५ महिना अगाडि चार वर्षे कार्यकालका लागि अध्यक्षमा विजयी प्रदीपजंग पाण्डे ३५ वर्ष पुरानो भ्रष्टाचार मुद्धामा पक्राउ परेपछि महासंघ नेतृत्वबीहिन भएको थियो । सो रिक्त पद परिपूर्तिका लागे असार १८ गते निर्वाचनको मिति तोकिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्