नेभिगेशन
अन्य

किसानहरु असार १५ मनाउँदै

काठमाडौं । आज असरा १५ अर्थात किसानहरुका लागि मुठी रोपेर मुरी उव्जाउने असारको यो दिनलाई नेपाली किसानहरुले हिलो खेल्दै, दही चिउरा खाँदै र धान रोप्दै मनाउने परम्परा छ। आजको दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वासका साथ आफ्नो खेतीपाती नहुनेहरु पनि अरुको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गर्छन्। कृषि प्रधान देश भएको नाताले पनि सरकारले पनि आजको दिनलाई धान दिवसको रुपमा मनाउन थालेको छ। सरकारको आह्वानमा आज धान दिवस तथा रोपाईं महोत्सव पनि मनाईंदैछ। धान, खाद्य सुरक्षाको वरदान भत्रे नाराका साथ सरकारले पनि ठाउँठाउँमा औपचारीक कार्यक्रम गर्दैछ। तर ढीलो शुरु भएको मनसुन र पर्याप्त मनसुनी वर्षा हुन नसक्दा किसानलाई पीडा भएको छ। साथमा रासायनिक मल नपाउँदा असार १५ को रौनक पनि किसानमा देखिन सकेको छैन। मध्यपहाडी क्षेत्रका केही ठाउँमा रोपाईं भएपनि धेरै क्षेत्रमा रोपाईं हुन सकेको छैन। मूल फुट्ने गरी पानी नपरेका कारण देशका धेरै ठाउँमा रोपाईं हुन नसकेको धानबाली विज्ञ हरिकृष्ण उप्रेतीले जानकारी दिए । बाली उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसैअनुसार प्रभाव पार्ने भएकाले नेपाल जस्तो कृषिप्रधान देशमा रोपाईंको ठूलो महत्व छ। तर सिंचाई सुविधा नभएकाले देशका धेरै ठाउँमा रोपाईंको लागि आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता छ। सरकारका अनुसार वर्षेनी ९० अर्ब रुपैंया बराबरको धान उत्पादन हुने गरेको छ। बढ्दो जनसंख्या, घट्दो खेतीयोग्य जमीन, सिंचाईको अभाव, उच्च मूल्यका कृषि वस्तुमा प्राथमिकता, जलवायु परिवर्तन धानको उत्पादनका लगि चुनौतीको रुपमा देखिएका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्