काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव नियूक्तीमा विवाद भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई फिर्ता वोलाएका छन् । अध्यक्ष ओलीले काठमाडौं महानगरपालिकाका पूर्व मियर केशव स्थापित वा पूर्व पत्रकार तथा एमाले युवा नेता गोकुल सापकोटालाई सदस्य सचिवमा नियुक्त गर्न मन्त्रीलाई निर्देशन दिएका थिए । मन्त्री पौडेलले अध्यक्षको निर्देशनलाई बेवास्था गरी एमालेकै भात्रृसंगठन खेलकुद महासंघका कार्यबहाक अध्यक्ष केशव विष्टलाई नियुक्त गरेका थिए । आफ्नो निर्देशन अवज्ञा गरेको भन्दै आक्रोसित बनेका ओलीले उनलाई फिर्ता बोलाएका छन् । आइतबार प्रधानमन्त्री सुशील कोइलालाई पत्र लेख्दै अध्यक्ष ओलीले पौडेललाई फिर्ता गर्न आग्रह गरेका छन् । केशव स्थापितलाई सदस्य सचिवमा नियुक्त गर्न अध्यक्ष ओलीले स्वास्थ्य उपचारका लागि थाइल्याण्ड जानु अघि तीन पटक मन्त्रीलाई टेलिफोन गरेका थिए । उनले पार्टी निर्देशन मान्न आग्रह गरेका थिए । तर मन्त्री पौडेलले स्थापितलाई कुनैपनि हालतमा सदस्य सचिव नियुक्त गर्न नसकिने बताएपछि अध्यक्षले गोकुल बास्कोटाको नाम दिएका थिए । यी दुई नामलाई बेवास्था गर्दै ओली थाल्याण्ड भएको बेला मन्त्री पौडेलले बिष्टलाई सदस्य सचिवमा नियुक्त गरेका थिए ।
मन्त्री पौडेलको निर्णयबाट आक्रोसित भएका ओलीले गत बुधबार उनलाई एमाले संसदीय दलका कार्यालयमा बोलाएर हपारेका थिए । ओलीले निर्णय फिर्ता लिई गोकुल बास्कोटालाई सदस्य सचिव नियुक्त गर्न फेरी निर्देशन दिएका थिए । तर मन्त्री पौडेल आफ्नो निर्णयबाट पछि नहटेपछि ओलीले कडा कदम चालेका हुन् । उनले प्रधानमन्त्रीलाई पत्र लेखि मन्त्री पौडेललाई फिर्ता बोलाएका छन् ।