नेभिगेशन
अन्य

प्राविधिकतर्फको एसएलसीको नतिजा आज

काठमाडौं । प्रविधिक विषयमा एसएलसी दिने परीक्षार्थीको परीक्षाफल आइतबार प्रकाशित हुने भएको छ । नतिजा प्रकाशनको अन्तिम तयारी पूरा भएको र आजै नतिजा प्रकाशन गरिने परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक २०७१ मा प्राविधिक विषयको एसएलसी परीक्षा सञ्चालन गरेको थियो । उक्त नतिजा ग्रेटिङ प्रणाली अनुसार सार्वजनिक हुनेछ । विद्यार्थीहरुले उनीहरुले पाएको अंकका आधारमा ए देखि इ सम्मको ग्रेड पाउनेछन् । परीक्षार्थीहरु मध्ये ९० प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थीले ‘ए प्लस’ ग्रेड पाउनेछन् । त्यस्तै ८० देखि ८९ प्रतिशत ल्याउने परीक्षार्थीले ए ग्रेड पाउने छन् । ६० देखि ७९ प्रतिशत अंक ल्याउनेले बी ग्रेड, ४० देखि ५९ प्रतिशत अंक ल्याउनेले सी ग्रेड, २५ देखि ३९ प्रतिशतसम्म अंक ल्याउनेले डी ग्रेड र २५ भन्दा कम प्रतिशतको अंक ल्याउनेले ई ग्रेड पाउने परीक्षा नियन्त्रण कार्यालयले निर्णय गरेको छ । सामान्य विषयमा एसएलसी दिने परीक्षार्थीहरुको भने गत असार चार गते नतिजा प्रकाशन भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्